ओपीडीमा बिरामीको लाइन, कोशी अस्पताल विराटनगरका चिकित्सकलाई क्लिनिकमा चैन

<span class='c1'>ओपीडीमा बिरामीको लाइन, कोशी अस्पताल</span> <span class='c2'>विराटनगरका चिकित्सकलाई क्लिनिकमा चैन</span>

विराटनगर । कोशी अस्पताल विराटनगरमा बुधबार जिल्ला प्शासन कार्यालय मोरङले छड्के अनुगमन गरेको छ । संघीय अस्पतालमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला पुग्दा चिकित्सक हाँजिर भइसकेका थिए । तर, अस्पतालमा थिएनन् । अनुगमनपछि स्थानीय प्रशासनले अस्पताल लथालिङ्ग र भद्रगोल अवस्थामा रहेको निष्कर्ष निकाल्यो र फर्कियो ।

बुधबार बिहान ११ बजेतिर अस्पताल पुग्दा ओपीडी अगाडी बिरामीको चाप थियो । चिकित्सकहरु हाँजिर भएको रेकर्ड फेला परेपछि चिकित्सक नै अस्पतालमा भेटिएनन् । हाँजिर गर्दै बाहिर निस्कदै गरेका कारण अस्पताल प्रशासनसँग उनीहरु कहाँ छन् भन्ने विवरण समेत थिएन । सरसफाई सप्ताह अन्तर्गत बुधबार बिहान अस्पताल परिसर सरसफाई गर्ने कार्यक्रम समेत रहेको थियो । त्यो काम हुने भएपछि कतिपय कर्मचारी त्यसमा संलग्न थिए । मेडिकल सुपरिटेन्डेन्ट डा. राम नारायण चौधरी सहायक प्रमुख जिल्ला अधिकारीको टोलि पुग्दा सरसफाई गर्ने कार्यमै व्यस्त थिए । तर, तोकिएको कार्यमा पनि नहुने र कार्यस्थलमा नहुनेको कर्मचारी, चिकित्सकको संख्या समेत उतिकै थियो ।

कर्मचारी र चिकित्सकहरूको हाजिरी हेर्दा देखिएपछि कार्यस्थलमा अनुगमन टोलि पुगेको थियो । हाँजिरी भएका धेरै चिकित्सक कहाँ छन्, भन्ने अस्पतालसँग विवरण भने थिएन । अस्पतालका विभिन्न वार्ड र ओपिडीको निरीक्षण गर्दा हाजिर भएका भनिएका चिकित्सकहरूको उपस्थिति नभेटिएपछि प्रशासनले यसलाई गम्भीर लापरवाहीका रूपमा लिएर फर्किएको छ । कुन चिकित्सक कुन समयमा आए, कुन समयमा गए र हाल कहाँ कार्यरत छन् भन्ने न्यूनतम तथ्याङ्कसमेत अस्पतालमा थिएन ।

सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले अस्पतालमा देखिएको बेथिती विरुद्ध कारवाही चलाउने भन्दै प्रशासनलाई सक्षम बनाउन निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्