विराटनगरमा “लिडर स्कलरसिप २०२६” छात्रवृत्ति परीक्षा सम्पन्न

<span class='c1'>विराटनगरमा “लिडर स्कलरसिप २०२६”</span> <span class='c2'>छात्रवृत्ति परीक्षा सम्पन्न</span>

विराटनगर । विराटनगरस्थित न्युरो अस्पताल जाने बाटोमा रहेको एचिभर्स कन्सल्टिङ सर्भिसेसद्वारा आयोजित “लिडर स्कलरसिप २०२६” छात्रवृत्ति परीक्षा सम्पन्न भएको छ ।

कन्सल्टिङ सर्भिसेसका निर्देशक सुनिल जयसवाल का अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक अवस्था कमजोर भएका कारण अझै पनि धेरै बालबालिका शिक्षाबाट वञ्चित भइरहेका छन् । सोही अवस्थालाई मध्यनजर गर्दै छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।


उनका अनुसार यस वर्ष ५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ । कार्यक्रममा आगामी वर्षहरूमा थप विद्यार्थीलाई समेट्दै छात्रवृत्तिको दायरा विस्तार गर्ने योजना रहेको पनि उनले जानकारी दिए ।

छात्रवृत्तिका लागि खुला प्रतिस्पर्धाबाट २ जना, गरिब तथा जेहेन्दारतर्फ २ जना र अपांगता कोटाबाट १ जना विद्यार्थी छनोट गरिने जनाइएको छ । आवेदन दिएका विद्यार्थीहरू आज सम्पन्न परीक्षामा सहभागी भएका थिए ।

परीक्षामा करिब १ सय ५० जना विद्यार्थीको सहभागिता रहेको थियो । आवेदन फारम निःशुल्क उपलब्ध गराइएको निर्देशक जयसवालले बताए । आज सम्पन्न छात्रवृत्ति परीक्षाको नतिजा आगामी हप्ताभित्र सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्