विराटनगर । विराटनगर–११ स्थित ‘बाल कल्याण विद्या मन्दिर’ पछिल्लो समय कोशी प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एकका रूपमा स्थापित हुँदै गएको छ। गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र आधुनिक प्रविधिमैत्री शिक्षण पद्धतिका कारण यो शैक्षिक संस्था विद्यार्थी तथा अभिभावकको पहिलो रोजाइ बन्दै गएको हो।
परम्परागत घोकन्ते शिक्षाभन्दा फरक शैली अपनाउँदै कलेजले प्रयोगात्मक सिकाइ, परियोजना कार्य, डिजिटल प्रस्तुति तथा प्रविधिमार्फत अभ्यासलाई प्राथमिकता दिएको छ। कक्षाकोठाभित्र सीमित शिक्षाभन्दा बाहिर गएर विद्यार्थीको वास्तविक क्षमता विकासमा विशेष जोड दिइएको कलेज प्रशासनले जनाएको छ।
हाल कलेजमा कक्षा ११ र १२ अन्तर्गत व्यवस्थापन, विज्ञान तथा कम्प्युटर विज्ञान संकाय सञ्चालनमा छन्। यी सबै संकायमा दक्ष तथा अनुभवी शिक्षक टोली, आधुनिक प्रयोगशाला, प्रविधियुक्त कक्षाकोठा तथा विद्यार्थीमैत्री वातावरण उपलब्ध रहेको कलेजले जनाएको छ।
कलेजमा अध्ययनरत विद्यार्थीहरू अध्ययनसँगै नेतृत्व क्षमता, सार्वजनिक प्रस्तुति कला, सिर्जनात्मक सोच तथा उद्यमशीलता विकासतर्फ सक्रिय देखिन्छन्। अतिरिक्त क्रियाकलाप, करियर–केन्द्रित कार्यक्रम, सेमिनार तथा प्रशिक्षणहरू नियमित रूपमा सञ्चालन हुँदै आएका छन्।
विशेषगरी यस कलेजका विद्यार्थीहरूले चिकित्सा तथा इन्जिनियरिङ क्षेत्रसहित विभिन्न प्रतिष्ठित शैक्षिक संस्थामा उत्कृष्ट सफलता हासिल गर्दै आएका छन्। यसले कलेजको शैक्षिक गुणस्तरलाई थप पुष्टि गरेको छ।
विराटनगर तथा आसपासका क्षेत्रका विद्यार्थीहरूका लागि ‘बाल कल्याण विद्या मन्दिर’ उज्ज्वल भविष्य निर्माण गर्ने भरोसायोग्य शैक्षिक गन्तव्यका रूपमा उदाउँदै गएको छ। कलेजले आगामी जेठ ३ गते प्रवेश परीक्षा सञ्चालन गर्ने जानकारीसमेत दिएको छ।