कोशी अस्पतालको जग्गा अतिक्रमण हटाउने बाटो खुल्यो, मन्त्रालयद्वारा निर्देशन जारी

<span class='c1'>कोशी अस्पतालको जग्गा अतिक्रमण हटाउने</span> <span class='c2'>बाटो खुल्यो, मन्त्रालयद्वारा निर्देशन जारी</span>

विराटनगर । कोशी अस्पतालसहित देशभरका २२ स्वास्थ्य संस्थाहरुको भौतिक सम्पति तथा जग्गाजमिन संरक्षण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशात्मक परिपत्र जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले गत बुधबार नै निर्देशनात्मक परिपत्र जारी गर्दै तीनवटा कार्य तत्काल गर्न भनिएको छ ।

मन्त्रालयको आन्तरिक प्रशासन शाखाले जारी गरेको निर्देशन अनुसार जग्गाको सीमा यकिन, अतिक्रमण भएको भए त्यस्ता संरचना हटाउन प्रक्रिया थाल्न र भविष्यमा पुनः अतिक्रमण रोक्न कानुनी रुपमा बलियो हुन भनिएको छ ।

देशभरका २२ स्वास्थ्य संस्थाका लागि जारी गरिएको यो निर्देशनले कोशी अस्पतालको जग्गा विवाद समेत अब समाधान हुने भएको छ । कोशी अस्पतालको जग्गा मिचेर बनेका संरचना हटाउने बाटो समेत अब स्पष्ट रुपमा खुल्ला भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्