कोशी प्रदेशका अम्पायर भास्कर अर्यालको निधन

<span class='c1'>कोशी प्रदेशका अम्पायर</span> <span class='c2'>भास्कर अर्यालको निधन</span>

विराटनगर जेष्ठ ३.

नेपाल क्रिकेटका समर्पित र इमान्दार अम्पायर भास्कर अर्यालको असामयिक निधनले नेपाली क्रिकेट वृत्त शोकमा डुबेको छ। लामो समयदेखि बिरामी रहेका अर्यालको निधनपछि विशेषगरी कोशी प्रदेश क्रिकेटमा ठूलो क्षति पुगेको बताइएको छ।

विराटनगर निवासी अर्याल हाल जमुनगाछीमा बसोबास गर्दै आएका थिए। उनले राष्ट्रिय तथा कोशी प्रदेशस्तरमा अम्पायरका रूपमा महत्वपूर्ण योगदान दिएका थिए। मैदानभित्रको निष्पक्ष निर्णय, सरल स्वभाव र खेलप्रतिको समर्पणले उनी क्रिकेट समुदायका लागि प्रेरणाको स्रोत बनेका थिए।

क्रिकेट कोच महेश रिजालका अनुसार अर्याल विराटनगरमै बसेर कोशी प्रदेशमा कहलिएका अम्पायरमध्ये एक थिए। उनको योगदानले नेपाली क्रिकेटको विकास, अनुशासन र खेलभावनामा ठूलो टेवा पुर्‍याएको स्मरण गरिएको छ।

उनको निधनसँगै नेपाली क्रिकेटले एक अनुभवी र आदर्श व्यक्तित्व गुमाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्