नेपालका विभिन्न शहरहरूमा फोहोर व्यवस्थापन तथा वातावरण संरक्षणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै नेपाल फुलबारी वेस्ट 3R पोलुसन कन्ट्रोल सर्भिस प्रा.लि. लाई प्रतिष्ठित “वातावरणीय उत्कृष्टता अवार्ड २०२६” द्वारा सम्मान गरिएको छ।
लक्जरी इभेन्ट्स एण्ड इन्टरटेन्मेन्टको आयोजनामा चाबहिलस्थित नेपाल फिल्म डेभलपमेन्ट बोर्डमा आयोजित विशेष समारोहमा उक्त सम्मान प्रदान गरिएको हो। कार्यक्रम २०८३ जेठ २ गते विभिन्न विशिष्ट व्यक्तित्व तथा अतिथिहरूको उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको थियो।
संस्थाले फोहोर संकलन, पुनः प्रयोग (रिसाइकलिङ), प्रदूषण नियन्त्रण तथा दिगो वातावरणीय अभ्यासमार्फत स्वच्छ, स्वस्थ र जिम्मेवार समाज निर्माणमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
नेपाल फुलबारी वेस्ट 3R पोलुसन कन्ट्रोल सर्भिसले सञ्चालन गर्दै आएका वातावरणीय अभियान तथा जिम्मेवार फोहोर व्यवस्थापन सेवाले शहरी सरसफाइ, वातावरणीय चेतना तथा दिगो विकास प्रवर्द्धनमा प्रेरणादायी उदाहरण स्थापित गरेको पनि कार्यक्रममा उल्लेख गरिएको थियो।
लक्जरी इभेन्ट्स एण्ड इन्टरटेन्मेन्टले संस्थाको नेतृत्व, समर्पण तथा हरित र स्वच्छ नेपाल निर्माणतर्फको योगदानको प्रशंसा गर्दै आगामी दिनहरूमा अझ सफलता हासिल होस् भन्ने शुभकामना व्यक्त गरेको छ।
कार्यक्रमको सभापतित्व लक्जरी इभेन्ट्स एण्ड इन्टरटेन्मेन्टकी अध्यक्ष पूजा रेग्मी महन्ताले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा वरिष्ठ अभिनेत्री बसुन्धरा भुसालको विशेष उपस्थिति रहेको थियो।