विराटनगर । विराटनगर १४ स्थित आइसिपी जाने सडकखण्डमा सोमबार भारतिय नम्बरको ट्रकले साईकल यात्रीलाई ठरक्कर दिदा बाबुछोरीको ज्यान गएको छ ।
ग्यास बुलेटले विराटनगरबाट आईसिपी जाने क्रममा साइकलमा यात्रा गरिरहेका बाबुछोरीलाई ठक्कर दिएको थियो । उनीहरुलाई तत्काल कोशी अस्पताल उपचारको लागि लगिएको थियो । उपचारको क्रममा बाबुछोरी कै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङ प्रहरी प्रवक्ता डिएसपी लिलाराज लामिछानेका अनुसार भारतिय नम्बरको एएस ०१ एफसी ०९१९ नम्बरको ग्यास बुलेटले साईकलमा यात्रा गरिरहेका विराटनगर १४का अन्दाजी ४० बर्षिय शिवचरण ठाकुर र उनकी छोरी १४ बर्षिया गरिमा ठाकुरलाई ठक्कर दिएको थियो । उहाँका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवैको उपचारको क्रममा मृत्यु भएको हो ।
बाबु–छोरीलाई ठक्कर दिने सवारी चालक रामलाल सहनी र ग्यास बुलेट इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटनापछि आइसीपी मोडमा स्थानियवासीले केहीबेर प्रदर्शन समेत गरेका थिए ।