विराटनगर जेष्ठ ६ ,
विराटनगरस्थित न्यू एभरेष्ट कलेजले सूचना प्रविधि बिआइटि विषयमा विशेष सेमिनार आयोजना गर्ने भएको छ।
कलेजका अनुसार जेठ ८ गते शुक्रबार दिउँसो १ बजेदेखि विराटनगरको बिग होटलमा कार्यक्रम सञ्चालन हुनेछ। सेमिनारमा काठमाडौँ विश्वविद्यालयका विज्ञहरूबाट विशेष सत्र सञ्चालन हुने बताइएको छ।
न्यू एभरेष्ट कलेजले काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा BIT कार्यक्रम सुरु गरेको सन्दर्भमा विद्यार्थी तथा अभिभावकलाई लक्षित गर्दै उक्त कार्यक्रम आयोजना गर्न लागेको हो।
सेमिनारमार्फत बिआइटि अध्ययनको महत्व, अवसर र भविष्यका सम्भावनाबारे विस्तृत जानकारी दिइने कलेजले जनाएको छ।