महानगरको रानी अस्पताल विराटनगरमा एकवर्ष अगाडी नै म्याद गुज्रेको औषधी

<span class='c1'>महानगरको रानी अस्पताल विराटनगरमा एकवर्ष</span> <span class='c2'>अगाडी नै म्याद गुज्रेको औषधी</span>

प्रेम देवान
विराटनगर । विराटनगर महानगरपालिकाद्वारा सञ्चालित रानी अस्पतालको फार्मेसीदेखी स्टोरसम्म म्याद गुज्रिएका औषधि फेला परेका छन् । आवर विराटनगरले बुधबार स्थलगत रुपमा भिडियो रिर्पोट गर्ने क्रममा बिमाको औषधी वितरण गर्ने र अस्पतालको स्टोरमा विगत एक बर्षदेखी म्याद गुज्रेका औषधीहरु फेला परेका हुन् ।

अस्पतालको कर्मचारीहरुबाट यसरी चरम लापारबाही भएको देखिएपछि तत्काल आवर विराटनगरको टिमले औषधी व्यावस्था विभाग , जिल्ला प्रशासन कार्यालय मोरङ र विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुखलाई खबर गरेको थियो । सम्बन्धीत सरोकारवाला निकायको टोली तत्काल अस्पतालमा पुगेर हेर्दा ३ प्रकारका औषधीहरु १ बर्ष अगाडी नै म्याद गुज्रिएको फेला परेका थिए । अन्य १ देखी २ महिना अगाडी म्याद नाघेका औषधीहरु फेला परेका हुन् ।

 

विभागको विराटनगर कार्यालयबाट खटिएका फार्मेसी निरीक्षक दीपेन्द्र खड्काको नेतृत्वमा रहेको टोलीले विराटनगर–१५ स्थित सो अस्पतालको फार्मेसीबाट ती औषधिहरू बरामद गरेको हो । बरामद गरिएका औषधिहरूमा एलर्जीका लागि प्रयोग हुने ‘एपिडिन’, खोकी र कफको समस्यामा प्रयोग गरिने ‘ब्रेथेक्स ब्रोन’ र वान्ता रोक्न प्रयोग गरिने ‘ओडिटी’ सिरप रहेका छन् ।
फार्मेसी निरीक्षक खड्काका अनुसार म्याद नाघेका औषधिहरू व्यवस्थित रूपमा नष्ट गर्नुको साटो बिक्री गरिने औषधिहरूसँगै फार्मेसीभित्रै भण्डारण गरिएको पाइएको छ । “अस्पतालभित्रको फार्मेसीले औषधि बिक्री वितरण संहिता २०८० विपरीत कार्य गरेको देखियो,“ खड्काले भने, “हामीले फार्मेसीलाई ७ दिनको अल्टिमेटम दिएका छौं । यो औषधि त्यहाँ कसरी आइपुग्यो र किन व्यवस्थापन गरिएन भन्नेबारे विस्तृत प्रतिवेदन र स्पष्टीकरण मागिएको छ ।’’ स्पष्टीकरण चित्तबुझ्दो नभए औषधि ऐनअनुसार थप कडा कारबाही प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।


विराटनगर महानगरपालिकाले सञ्चालन गरेको यो १५ शैयाको अस्पतालमा यसअघि पनि चिकित्सकहरू समयमा नआउने र नबस्ने भन्दै स्थानीयले गुनासो गर्दै आएका थिए । महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिलीप यादव र जनस्वाथ्य अधिकृत रमेश कार्कीले पनि त्यहाँ म्याद गुज्रेका औषधीहरु नियन्त्रणमा लिएका छन् ।

हाम्रो खबरसँगै अस्पताल पुगेका प्रमुख यादवले औषधी जस्तो संवेदनशील विषयमा लापरवाही गर्न नहुने बताए । उनले आवर विराटनगरसँग कुराकानी गर्दै भने “औषधि संवेदनशील कुरा हो, म्याद सकिएको औषधिले बिरामीको ज्यान नै जोखिममा पार्न सक्छ,’ यादवले भने, “यसरी फार्मेसीभित्र म्याद गुज्रिएका औषधि राख्नु गम्भीर कमजोरी हो । यस विषयमा हामी हाम्रा कर्मचारीहरुलाई स्पष्टीकरण सोधिनेछ र दोषी देखिएका कर्मचारीलाई विभागीय कारबाही गरिनेछ ।’ उनले अस्पतालमा देखिएका अन्य प्राविधिक र प्रशासनिक कमजोरीहरूलाई पनि तत्काल सच्याएर सेवा सुचारु गरिने प्रतिबद्धता जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्