जेठ १४ गते बकर ईद, सरकारले दियो सार्वजानिक विदा

<span class='c1'>जेठ १४ गते बकर ईद,</span> <span class='c2'>सरकारले दियो सार्वजानिक विदा</span>

विराटनगर । सरकारले जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै जेठ १४ गते बिहीबारका दिन बिदा रहेको जानकारी दिएका छन् ।

यस दिनको बिदाबारे सरकारले गत फागुन १८ गते नै राजपत्रमार्फत बकर ईदमा बिदा दिने उल्लेख गरेको थियो। त्यसअनुसार मुस्लिम आयोगले जेठ १४ गते बिदा ईद परेको जानकारी गराएसँगै बिदा दिइएको हो।

बिहीबार विदा दिएसँगै शुक्रबार, शनिबार र आइतबार गरी चार दिन लगातार विदा पर्नेछ । जेठ १५ गते गणतन्त्र दिवस, १६ गते शनिबार र १७ गते आइतबार समेत सार्वजानिक विदा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्