विराटनगर रोटरी मोडेल युनाइटेड नेसन्स २०२६ को उद्घाटन समारोह आज एभरेस्ट सेकेन्डरी स्कुलमा उत्साह, गरिमा र अन्तर्राष्ट्रिय भावनासहित सम्पन्न भएको छ।
तीन दिने सम्मेलनको औपचारिक सुरुवातसँगै विभिन्न विद्यालयका युवा प्रतिनिधिहरू एउटै मञ्चमा भेला भई कूटनीति, नेतृत्व, विश्वव्यापी सहकार्य तथा समसामयिक विषयमा गहन छलफलमा सहभागी हुने भएका छन्। कार्यक्रमले विद्यार्थीहरूलाई आलोचनात्मक सोच, सार्वजनिक वक्तृत्वकला, वार्ता क्षमता र समस्या समाधानजस्ता सीप विकास गर्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ।
सम्मेलनले एकता, सहकार्य र युवा सशक्तीकरणको सन्देश प्रवाह गर्दै विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव दिलाउने विश्वास लिइएको छ।
उद्घाटन समारोह सफल बनाउन योगदान पुर्याउने अतिथि, आयोजक समिति, साझेदार, प्रायोजक, शिक्षक तथा सम्पूर्ण सहभागीप्रति आयोजकले आभार व्यक्त गरेको छ। साथै, सम्मेलनमा सहभागी सबै प्रतिनिधिहरूलाई सफल र प्रेरणादायी यात्रा हुने शुभकामना व्यक्त गरिएको छ।