बालकालिकाको आखाँमाहुने दृष्टिदोष( मायोपिया ) ब्यवस्थापन सम्बन्धि विराटनगरमा अभिमुखीकरण

<span class='c1'>बालकालिकाको आखाँमाहुने दृष्टिदोष( मायोपिया )</span> <span class='c2'>ब्यवस्थापन सम्बन्धि विराटनगरमा अभिमुखीकरण</span>

विराटनगर । बालकालिकाको आखाँमाहुने दृष्टिदोष भनिने मायोपिया ब्यवस्थापन सम्बन्धि एकदिने अभिमुखिकण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल भिजन केयर फाउन्डेशनले एशिलर लक्सोटिकासँगको सहकार्य तथा मेची आँखा अस्पताल र अप्टिकेयर नेपालको सहयोगमा अभिमुखिकरण आयोजना गरिएको हो । नेपाल भिजन केयर फाउन्डेशनका अध्यक्ष एवं उप–प्राध्यापक सञ्जीव कुमार मिश्रको सभापतित्वमा सम्पन्न उक्त प्रशिक्षणमा कोशी प्रदेशभरका नेत्ररोग विशेषज्ञ, अप्टोमेट्रिस्ट तथा नेत्र सहायकहरू समेत ७५ जनाकोसहभागिता रहेको थियो ।

कार्यक्रमको मुख्य उद्देश्य विद्यालय उमेरका बालबालिकामा बढ्दो मायोपियाको समस्या, अत्यधिक स्क्रिन प्रयोग र बाहिरी गतिविधिमा आउने कमीले निम्त्याउने जोखिमबारे स्वास्थ्यकर्मीहरूमा व्यावहारिक एवं प्रमाणमा आधारित ज्ञान अभिवृद्धि गर्नु रहेको थियो । सो बिषयमा जानकारी दिनुहुँदै विराटनगर आँखा अस्पतालका दृष्टि बिशेषज्ञ पंकज अधिकारीले कोभिडपछिको दिनहरुमा ईलेक्ट्रोनिक ग्याजेटहरुको प्रयोग बढेकोले बालबालिकामा मायोपिया बढदै गएको बताउनुभयो ।


कार्यक्रमको वैज्ञानिक सत्रअन्तर्गत उप–प्राध्यापक निराज देव जोशीले नेपाल र विश्वव्यापी रूपमा मायोपियाको अवस्था र प्रारम्भिक पहिचानको महत्वमाथि प्रकाश पार्नुभएको थियो । त्यस्तै, नोबेल कलेजका विभागीय प्रमुख तथा प्रमाणित मायोपिया व्यवस्थापन विशेषज्ञ उप–प्राध्यापक बिरेन्द्र महतले बालबालिकाको मायोपिया नियन्त्रणकालागि अन्तर्राष्ट्रिय रूपमा अभ्यासमा रहेका चस्मा प्रविधि, कन्ट्याक्ट लेन्स, एट्रोपिन थेरापी र यसको क्लिनिकल प्रभावकारिताबारे विस्तृत कार्यपत्र प्रस्तुत गर्नुभयो ।

मेची एडभान्सड आँखा अस्पतालका चिफ अप्टोमेट्रिस्ट अमित कुमार सिंहले नियमित निगरानी, एक्सियल लेन्थ एसेसमेन्ट र दीर्घकालीन बिरामी अनुगमनको प्रोटोकलबारे जानकारी गराउनुभएको थियो । यस्तै एशिलर लक्सोटिकाका आशुतोष त्रिपाठीले बालबालिकामा मायोपियाको गति कम गर्न विकास गरिएको आधुनिक बारे प्राविधिक जानकारी दिनुभयो । सो अवसरमा बोल्ने अन्य सहभागिले मायोपिया अब चस्मा लगाउने सामान्य विषय मात्र नभई गम्भीर सार्वजनिक स्वास्थ्य चुनौती बनेकाले अभिभावक, विद्यालय र स्वास्थ्यकर्मीबीच सहकार्य हुनुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्