विराटनगरबाट सुरु भयो लागुऔषध विरुद्धको महाअभियान (फोटो फिचर )

<span class='c1'>विराटनगरबाट सुरु भयो लागुऔषध विरुद्धको</span> <span class='c2'>महाअभियान (फोटो फिचर )</span>

विराटनगर । लागुऔषध नियन्त्रण तथा रोकथामका लागि विराटनगरबाट ‘लागुऔषध विरुद्धको महाअभियान २०८३’ सुरु गरिएको छ ।


जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा आइतबार बिहान विराटनगरमा वृहत प्रभातफेरी निकालिएको थियो । विराटनगरको महेन्द्रचोकबाट सुरु भएको प्रभातफेरी विभिन्न स्थान परिक्रमा गर्दै शहिद रंगशालामा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा सामाजिक संघसंस्था, स्कुल तथा कलेजका विद्यार्थी, सुरक्षाकर्मी र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।


कोणसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक दानबहादुर कार्की ले लागुऔषध नियन्त्रणका लागि सबै नागरिक आ–आफ्नो ठाउँबाट सचेत र सक्रिय हुनुपर्ने बताएका छन् । उनले लागुऔषध दुव्र्यसन अहिले समाजकै गम्भीर चुनौतीको रूपमा देखिएको भन्दै यसको नियन्त्रणमा राज्य संयन्त्र मात्र नभई अभिभावक, शिक्षक, युवावर्ग र समुदायको समान भूमिका आवश्यक रहेको बताए ।


“अब लागुऔषध विरुद्ध खबरदारी गर्ने र गलत कार्यलाई घच्घच्याउने बेला आएको छ,” उनले भने, “यो महाअभियानपछि विराटनगरमा लागुऔषध प्रयोगकर्ताको संख्या कम हुने विश्वास लिएका छौँ ।”
महानिरीक्षक कार्कीले युवापुस्तालाई दुव्र्यसनबाट जोगाउन सबैले आजैदेखि प्रतिवद्धता जनाउनुपर्नेमा जोड दिए । “आजैबाट म लागुऔषध दुव्र्यसनमा लाग्ने छैन र अरूलाई पनि लाग्न दिने छैन भन्ने प्रण गरेर अघि बढ्नुपर्छ,” उनले भने ।


कार्यक्रममा सहभागीहरूले लागुऔषध विरुद्ध सचेतनामूलक नारासहित र्‍याली प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्