विराटनगर–७ मा अवस्थित मेरिल्याण्ड कलेजले प्लस टु भर्नाका लागि सञ्चालन गरेको प्रवेश परीक्षामा यसपटक उल्लेख्य संख्यामा विद्यार्थीहरूको सहभागिता देखिएको छ । कोशी प्रदेशका विभिन्न जिल्ला तथा आसपासका क्षेत्रबाट आएका सयौं विद्यार्थीहरूले उत्साहजनक रूपमा प्रवेश परीक्षा दिएका हुन्, जसले कलेजप्रतिको आकर्षण झन् बढेको संकेत गरेको छ ।
देशभरका ८ हजारभन्दा बढी प्लस टु माविमध्ये उत्कृष्ट १० भित्र स्थान बनाउन सफल मेरिल्याण्ड कलेजले यस वर्ष पनि आफ्नो शैक्षिक उत्कृष्टतालाई निरन्तरता दिएको छ । पूर्वी नेपालको शैक्षिक क्षेत्रमा महत्वपूर्ण पहिचान बनाएको यस कलेजले विद्यार्थी तथा अभिभावकहरूको विश्वास जित्दै आएको छ ।
कलेजले विज्ञान तथा व्यवस्थापन संकायमा अध्यापन गराउँदै आएको छ । आधुनिक प्रयोगशाला, अनुभवी शिक्षक तथा व्यवहारिक शिक्षामा जोड दिँदै आएको मेरिल्याण्डले सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक सिकाइलाई पनि प्राथमिकता दिएको जनाएको छ । यसै कारण विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्राप्त गर्ने उपयुक्त गन्तव्यको रूपमा कलेज स्थापित हुँदै गएको छ ।
कलेज प्रशासनका अनुसार पछिल्लो समय कोशी प्रदेशका विभिन्न जिल्लाबाट विद्यार्थीहरू मेरिल्याण्डमा अध्ययनका लागि आउने क्रम तीव्र रूपमा बढिरहेको छ । प्रवेश परीक्षामा देखिएको ठूलो सहभागिताले पनि कलेजप्रतिको विश्वास र लोकप्रियता झन् स्पष्ट पारेको छ ।
शैक्षिक गुणस्तर, अनुशासन र व्यावहारिक सिकाइमा जोड दिँदै आएको मेरिल्याण्ड कलेजले आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यसहित अगाडि बढिरहेको जनाएको छ ।