विराटनगरमा सडक सुरक्षाका लागि डिभाइडरमा सोलार वार्निङ लाईट जडान

<span class='c1'>विराटनगरमा सडक सुरक्षाका लागि डिभाइडरमा</span> <span class='c2'>सोलार वार्निङ लाईट जडान</span>

विराटनगर । सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा प्रवद्र्धन गर्ने उद्देश्यका साथ विराटनगरको बरगाछीदेखि कंचनबारीसम्म सडक डिभाइडरमा सोलार वार्निङ लाईट जडान गरिएको छ ।


स्थानीय जागरुक युवाहरुको समूहले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको समन्वयमा आइतबार साँझ एक दर्जनभन्दा बढी सोलार वार्निङ लाईट जडान गरेका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेले रातिको समयमा कम दृश्यात्मकताका कारण हुन सक्ने सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्न तथा सवारी चालकलाई टाढैबाट डिभाइडर पहिचान गर्न सहज बनाउन लाईट जडान गरिएको जानकारी दिनुभयो ।


उहाँले भन्नुभयो, “रातिको समयमा सडक डिभाइडर स्पष्ट नदेखिँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले सोलार वार्निङ लाईट जडान गरिएको हो । यसले सवारी चालकलाई सतर्क गराउँदै सडक सुरक्षामा सहयोग पुर्‍याउने विश्वास लिएका छौं ।”

ट्राफिक प्रमुख न्यौपानेले सडक अनुशासन र सुरक्षामा सुधार ल्याउन सहयोग गर्ने युवाहरुको समूहलाई धन्यवाद समेत व्यक्त गर्नुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार आगामी दिनमा कंचनबारीदेखि ढाटसम्म पनि थप सोलार वार्निङ लाईट जडान गर्ने योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्