गएरातीको भीषण हावाहुरीले विद्युत् पोलमा क्षति, विराटनगरका विभिन्न क्षेत्रमा सेवा अवरुद्ध,मर्मत कार्य जारी

<span class='c1'>गएरातीको भीषण हावाहुरीले विद्युत् पोलमा क्षति, विराटनगरका</span> <span class='c2'>विभिन्न क्षेत्रमा सेवा अवरुद्ध,मर्मत कार्य जारी</span>

विराटनगर । गएराती आएको भीषण हावाहुरी, वर्षा तथा चट्याङ्गका कारण विराटनगरसहित आसपासका क्षेत्रमा विद्युत् प्रसारण तथा वितरण प्रणालीमा क्षति पुग्दा विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ।

सोमबार राति तीव्र गतिमा आएको हावाहुरीले विद्युतका पोल तथा लाइनमा क्षति पुर्‍याएपछि केही फिडरमा विद्युत् आपूर्ति बन्द भएको हो। क्षतिग्रस्त संरचनाको मर्मतका लागि नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीहरू रातिदेखि नै खटिएका छन् ।


नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय विराटनगरका सूचना अधिकृत राजेन्द्र चौधरीका अनुसार हावाहुरी र चट्याङ्गका कारण ३३ केभी विराटनगर–१, विराटनगर–२, विराटनगर–३, मल्टिफ्युल, कटहरी तथा विराटनगर औद्योगिक फिडरमा समस्या देखिएको छ । उनका अनुसार तीव्र हावाहुरीका कारण विभिन्न स्थानमा विद्युत्का पोल ढल्नुका साथै लाइनमा प्राविधिक खराबी उत्पन्न हुँदा विद्युत् सेवा प्रभावित भएको हो ।

प्राधिकरणका अनुसार ३३ केभी अन्तर्गत रहेका ६ वटा सर्किटमध्ये ४ वटा सञ्चालनमा आइसकेका छन् भने बाँकी २ वटा सर्किटमा मर्मत कार्य तीव्र रूपमा भइरहेको छ। प्राविधिक टोलीले क्षतिग्रस्त पोल तथा लाइनको मर्मत कार्यलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। गएराती ९ बजेर ४३ मिनेटदेखि अवरुद्ध भएको विद्युत् सेवा केही क्षेत्रमा पुनः सञ्चालनमा आइसकेको भए पनि केही स्थानमा अझै आपूर्ति सुचारु हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले मौसम प्रतिकूल रहेका कारण मर्मत कार्यमा केही समय लाग्न सक्ने भन्दै सर्वसाधारणलाई धैर्य गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्