विराटनगरमा खानेपानी विस्तार योजना सम्पन्न उन्मुख

<span class='c1'>विराटनगरमा खानेपानी विस्तार</span> <span class='c2'>योजना सम्पन्न उन्मुख</span>

विराटनगर । विराटनगर महानगरपालिकामा खानेपानी गुणस्तर सुधार आयोजना अन्तर्गत ५८ किलोमिटर ट्रकलाइनमा पाइप बिछ्याउने कार्य सम्पन्न भएको छ । २ अर्ब ५४ करोड रपिँयाको लगानीमा विस्तार भइरहेको खानेपानी आयोजना आगामी दशैंसम्म महानगरमा घरका धाराबाट पानी झर्ने दावी गरिएको छ ।

नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारका अनुसार ९८ प्रतिशत काम सकिएको छ । यो आयोजना अन्तर्गत नयाँ विस्तार ५८ किलोमिटर बाहेक विराटनगरमा ३० वर्ष पुरानो खानेपानी संरचना र पाइपलाइन विस्थापन र नयाँ वितरण प्रणाली स्थापना गर्नेसम्मको काम भइरहेको छ । नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख रौनियारका अनुसार जापान सरकारको अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदानमा विस्तार भइरहेको खानेपानी सुधार आयोजना सम्पन्न हुँदा एकलाख नगरवासी सुद्ध पीउने पानीबाट लाभान्वित हुनेछन् ।

सिमुजी कर्पोरेसनले खानेपानी सुधार आयोजना अन्तर्गतको काम गरिरहेको छ । यो जापानी कम्पनी नै हो । यसको जनसम्पर्क अधिकृत तथा इन्जिनियर अरबिन्द कर्णका अनुसार ५८ किलोमिटरमा नयाँ पाइप बिछ्याउने कार्य सम्पन्न भइसकेको छ । त्यस बाहेक पाइप बिछ्याइएको सडक क्षेत्र कालोपत्रे गर्ने कार्य समेत सकिएको छ । इन्जिनियर कर्णका अनुसार बिछ्याउने र पुर्ने कामसँगै पाइप लाइन प्रेसर, हाउस कनेक्सन, इन्टर कनेक्सनको काम पनि सकिएको छ ।

खानेपानी सुधार आयोजना अन्तर्गत विराटनगर महानगरपालिकाको वडा नम्बर १ देखि १४ नम्बरसम्म नयाँ पाइपलाइन विस्तार भएको हो । अहिले पानीको गुणस्तर परीक्षण गर्ने कार्य सुरु गरिएको छ । इन्जिनियर कर्णका अनुसार भदौ र असोजमा केहि अवरोधका कारण रोकिएकोले केहि ढिला भएको हो । यद्यपी गत भदौसम्म समयावधी भन्दा ५ प्रतिशत बढी कार्यप्रतिशत रहेकोमा अहिले सन्तुलन नै रहेको उहाँको भनाई छ ।
ट्रक (मेन) लाइनबाट सव–लाइनमा लगिएको पाइप, हाउस कनेक्सनमा जोड्न ड्रेनेज (नाला) र फुटपाथमा निकालिएको छ । यस बाहेक पुरानो पानीको आपूर्ति प्रणालीमा रहेको पाइपमा नयाँ पानीको पाइप जोड्न इन्टर कनेक्सन १६ स्थानमा गराइएको छ ।
विराटनगर महानगरपालिका भित्र हाल खानेपानी संस्थान अन्तर्गतको पानी १३ हजार घरधुरीमा वितरण भइरहेको छ । संस्थानका प्रमुख रौनियारका अनुसार विस्तारित योजनाले सुद्ध पीउने पानी वितरणमा नयाँ सफलता हाँसिल हुनेछ ।

५२ लाख लिटर पानी भण्डारण क्षमता
नयाँ प्रणाली अन्तर्गत विराटनगर–५ स्थित महानगर बहुप्राविधिक शिक्षालय नजिक १२ लाख लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण कार्य सम्पन्न भइसकेको छ । यसमा अहिले रंगरोगन गर्ने काम भइरहेको इन्जिनियर कर्णले जानकारी दिनुभयो । त्यहि स्थानमा साढे चारलाख लिटर क्षमताको अण्डरग्राउण्ड ट्याङ्कीको काम समेत सकिएको छ । यसैगरी संस्थानको पानी वितरण भइरहेका स्थान देवकोटाचौक, तीनपैनी र मुनालपथमा थप १२÷१२ लाख लिटर क्षमता विस्तार गरिएको छ । यी ट्याङकी भएका स्थानमा ३÷३ वटा डिप बोरिङबाट पानी निकालेर फिल्टर प्लान्ट जडान गरिएको छ । फिल्टर प्लान्ट जडान गरिएको पानी नै परीक्षण गरेर त्यसमा सुधार गर्नुपर्ने भए सच्याउन केहि समय लाग्ने अनुमान गरिएको छ ।

३२ स्थानमा फायर हाइड्रेन्ट
यस पटकको खानेपानी प्रणालीमा महानगरपालिका क्षेत्रका ३२ स्थानमा फायर हाइड्रेन्ड समेत राखिएको छ । जसले महानगरपालिका भित्र आगलागी हुँदा पानी निभाउनका लागि पानीको सहज स्रोतको काम गर्नेछ ।
विराटनगरमा खानेपानी सुधार आयोजनाका लागि जाइकाले सन् २००९ बाट अध्ययन सुरु गरेको थियो । विराटनगरमा हेपाटाइटिस महामारी फैलिएपछि खानेपानी सुधारमा राजनीतिक पहल सुरु भएको थियो । अनुदान सम्झौता भने १० मार्च २०२२ मा भएको थियो । यसको शिलन्यास २०८१ असारमा भएको थियो । सम्झौता अनुसार २०८३ जेठ १७ अर्थात ३१ मे २०२६ मा काम सम्पन्न गर्नेगरी जापानकै सिमिजु कर्पोरेशनले २०८१ बैशाख १२ गते ठेक्का सम्झौता गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्