सेटिङ मिलाउन खेलकुद विकास बोर्डका दुवै उपाध्यक्ष विराटनगरका, सदस्य सचिवमा इनरुवाका विप्लव घोष

<span class='c1'>सेटिङ मिलाउन खेलकुद विकास बोर्डका दुवै उपाध्यक्ष</span> <span class='c2'>विराटनगरका, सदस्य सचिवमा इनरुवाका विप्लव घोष</span>

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डमा सदस्य सचिवसहित पदाधिकारी र सदस्य गरेर ११ जना नियुक्त भएका छन् । नियुक्त भएका सबैजना सत्तारूढ नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ता हुन् । यी दुई दलबीचको भागबन्डापछि बुधबार राति सदस्य सचिवसहित पदाधिकारी तथा सदस्य समेत गरी ११ जनालाई नियुक्त गरिएको हो ।

नियुक्त हुनेहरुका लागि नेपाली काँग्रेस र एमालेबीचको दलिय संयन्त्रबीचको सहमति गरिएको थियो । त्यस अगाडी काँग्रेस र एमालेले आ–आफ्नो पार्टी भित्र नियुक्त गर्ने व्यक्तिको नाम सिफारिस गर्न समिति बनाएको थियो । यसरी गठन गरिएको समितिले दलिय संयन्त्रमा नाम सिफारिस गरेको थियो ।
काँग्रेसले सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली संयोजक रहने गरी प्रदेशका महामन्त्री उमेश थापा, लोकतान्त्रिक खेलकुद महासंघका अभिषेक श्रेष्ठ, किशोर राई र बसन्त अर्याल सिफारिस समितिमा थिए । यो समितिमा रस्साकस्सीपछि बसन्त अर्यालको नाम संयोजक पराजुलीले सिफारिस गरेका थिए । यो समितिले सिफारिस गरेका आधारमा सरकार सञ्चालन दलिय संयन्त्रमा नामावाली पुगेको थियो । नेपाली काँग्रेसका यो समितिमा प्रदेश सभापति उद्धव थापा, प्रदिप सुनुवार र उमेश थापा छन् ।

अर्याललाई उपाध्यक्ष नियुक्त गरेपछि धरानका किशोर राईले काँग्रेस छोडेको घोषणा गरिसकेका छन् । कारण, हो सरकारी जागिरबाट सेवा निवृत्त भएका व्यक्ति अर्याललाई नै खेलकुद क्षेत्रको अवसर दिनु । अर्यालले भने आफ्नो नियुक्तिमा आफैं सिफारिस भएको कुरा नजोडिने आशय व्यक्त गरेका छन् । उनका अनुसार सिफारिस समितिले ईच्छुकको अवस्था अध्ययन गरेर प्रतिवेदन मात्रै सरकार सञ्चालन दलिय संयन्त्रमा पठाइएको थियो ।

एमालेमा समेत त्यहि प्रक्रियाबाट नै सिफारिस गरिएको थियो । एमालेमा सरकार सञ्चालन दलिय संयन्त्रमा शेरधन राई, हिक्मत कार्की र घनश्याम खतिवडा छन् । एमाले भित्र समेत उतिकै तानातानका बीच आफ्नो कार्यकर्ताहरुलाइ खेलकुद विकास बोर्डमा जिम्मेवारी प्रदान गरिएको हो । सत्ता साझेदार दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको राजनीतिक भागबन्डाका आधारमा सामाजिक विकास मन्त्री रामप्रसाद महतोले एमालेबाट ५ र कांग्रेसबाट ६ जना रहने गरी बोर्डमा पदाधिकारी र सदस्यहरु नियुक्त गरेका थिए । यसमा विभागिय मन्त्रीको क्षेत्राधिकार समेत दलिय संयन्त्रले मिचेको थियो । सरकारले कार्यकर्ता व्यवस्थापनकै लागि केही समयअघि मात्रै ‘प्रदेश खेलकुद’ (पहिलो संशोधन अध्यादेश–२०८१० जारी गरी बोर्डको सदस्य संख्यामा भारी वृद्धि गरेको थियो ।

बोर्डको सदस्य सचिवमा एमाले निकट सुनसरी, इनरुवाका विप्लव घोष नियुक्त भएका छन् । त्यस्तै, बोर्डको महिला उपाध्यक्षमा एमालेबाट सन्तोषी श्रेष्ठ र पुरुष उपाध्यक्षमा नेपाली कांग्रेसका वसन्त अर्याललाई नियुक्त गरिएको छ । यसअघि बोर्डमा एक जना मात्र उपाध्यक्ष रहने व्यवस्था थियो । यस पटक दुई उपाध्यक्ष राखेर दुवैजना विराटनगरवासीलाई उपाध्यक्ष बनाइएको छ ।
सदस्यहरूमा एमालेका तर्फबाट विराटनगरकी बीना बस्नेत, केशव भट्टराई र किशोर विक्रम साह रहेका छन् भने नेपाली कांग्रेसको कोटाबाट टीकाराम पुरी, दुर्गा कठायत र बालजित राई नियुक्त भएका छन् । नवनियुक्त पदाधिकारी तथा सदस्यहरूको कार्यकाल ४ वर्षको हुनेछ । अध्यादेशमार्फत उपाध्यक्षको पद थपिनुका साथै सदस्यहरूको संख्या चार गुणाले बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्