विराटनगरका उद्योगी बजेटसँग खुशी

<span class='c1'>विराटनगरका उद्योगी</span> <span class='c2'>बजेटसँग खुशी</span>

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटले निजी क्षेत्रका माग सम्बोधन गरेको भन्दै उनीहरुले सकारात्मक भाव पैदा गरेको बताएका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले सरकारले व्यापारिक वस्तु र औद्योगिक कच्चाको भन्सार दरको अन्तर एक तह कायम गर्ने घोषणा गर्नु सकारात्मक रहेको बताएका छन् । यसैगरी २७३ वटा औद्योगिक कच्चामा भन्सार महशुल घटाउने र ३६० वस्तुको अन्तःशुल्क खारेज गर्ने कुराले सकारात्मक सन्देश दिने बताएका हुन् ।

यसैगरी मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल शारडाले सरकारले ३६० वस्तुको अन्तःशुल्क हटाएकोमा खुशी व्यक्त गरेका छन् । बजेटमा अहिलेसम्मकै स्वर्णिम साहस भएको उनको भनाई थियो ।
नेपाल उद्योग परीसंघका अध्यक्ष पवन शारडाले उद्योगीहरुले उठाउँदै आएको एक स्थानीय तहदेखि अर्को स्थानीय तहमा औद्योगिक मालवस्तु तथा कवाडी समेतमा लाग्दै आएको कर हटाउने निर्णय सकारात्मक रहेको बताएका छन् । सरकारले मदिराजन्य वस्तु तथा सुर्तीजन्य वस्तुमा मात्रै लाग्नुपर्ने अन्तःशुल्क सबैमा कायम गरिएको कुरा बुझेर बजेटमार्फत हटाउने घोषणा गरेकोमा खुशी व्यक्त गरेका छन् । यसले खुल्ला सीमानाकाबाट हुँदै आएको चोरी पैठारी घटाउने विश्वास शारडाको छ ।

नेपाल–भारतको खुल्ला सीमानाकाबाट हुने चोरी पैठारी नियन्त्रणमा सरकारले ३६० वस्तुको अन्तःशुल्क हटाउने र २७३ औद्योगिक कच्चाको भन्सार शुल्क हटाउने निर्णयको सकारात्मक नतिजा प्राप्त हुनेमा उनको भनाई थियो । उद्योगी–व्यवसायीले बजेट महत्वकांक्षी भएकोले स्रोत कसरी व्यवस्थापन हुन्छ भन्ने कुरामा भने आशंका व्यक्त गरेका छन् । विराटनगर उद्योगीले सरकारले बजेटमा निजी क्षेत्रका मुद्दा समेटेपनि विराटनगरकै लागि चाँहि बजेट व्यवस्थापन नगरेकोमा चिन्ता समेत व्यक्त गरेका छन् ।

उद्योग व्यापार संगठनका वरिष्ठ उपाध्यक्ष अनिल साहले विराटनगरका कुनैपनि योजना उल्लेख गरेर बजेटमा नसमेटिएकोमा गुनासो गर्नुभयो । यद्यपी उद्योगी–व्यवसायीले बजेटले लिएको लक्ष्य पूरा गर्नका लागि कर प्रणालीमा गरिएको सुधारबाट आसावादी देखिएका कारण निजी क्षेत्रले खुशी व्यक्त गर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्