विराटनगरको हिमालय रोडमा पहिलोपटक किताब मेला हुँदै

<span class='c1'>विराटनगरको हिमालय रोडमा पहिलोपटक</span> <span class='c2'>किताब मेला हुँदै</span>

विराटनगर । पठन संस्कृतिको प्रवद्र्धन तथा पुस्तकप्रति नयाँ पुस्ताको आकर्षण बढाउने उद्देश्यले विराटनगरमा पहिलोपटक ‘हिमालय रोड किताब मेला २०८३’ आयोजना हुने भएको छ।
दिगो विकास इन्स्टिच्युट, ग्रीनसिटी भोलिन्टियर विराटनगर, नर्थ–साउथ कलेक्टिभ्स, पुस्तक विक्रेता, स्थानीय साहित्यकार तथा जागरुक युवाहरूको संयुक्त पहलमा उक्त मेला आयोजना गर्न लागिएको हो।

आयोजक समितिले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरी जेठ १७ गते आइतबार दिउँसो १ बजेदेखि विराटनगरको हिमालय रोडमा किताब मेला सञ्चालन हुने जानकारी दिएको छ।

पत्रकार सम्मेलनमा बोल्दै आयोजक संस्थाकी नितु शेनले पाठक र लेखकबीच प्रत्यक्ष संवादको वातावरण निर्माण गर्ने, बौद्धिक विमर्शलाई प्रोत्साहन गर्ने तथा समाजमा ज्ञानको पहुँच विस्तार गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताइन्। उनले नयाँ पुस्तामा अध्ययनप्रति रुचि बढाउनुका साथै रचनात्मक सोचको विकास गर्न पनि मेलाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

मेलामा नेपाली साहित्य, विराटनगरको साहित्यिक इतिहास तथा वर्तमान साहित्यिक गतिविधिका विषयमा छलफल गरिनुका साथै कविता वाचन, सांस्कृतिक नृत्य, कला प्रदर्शनलगायत विविध कार्यक्रमहरू सञ्चालन गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार किताब मेला पुस्तक बिक्री तथा प्रदर्शनमा मात्र सीमित नहुने, बरु साहित्य, कला र बौद्धिक बहसलाई एकै थलोमा जोड्ने साझा प्लेटफर्मका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। यस कार्यक्रमले विराटनगरमा पठन संस्कृतिको विस्तारसँगै साहित्यिक गतिविधिलाई थप सक्रिय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्