विराटनगरमा पहिलोपटक किताब मेला, पुराना किताब किन्न पाठकको भीड

<span class='c1'>विराटनगरमा पहिलोपटक किताब मेला, पुराना</span> <span class='c2'>किताब किन्न पाठकको भीड</span>

विराटनगर । पठन संस्कृतिको प्रवद्र्धन तथा पुस्तकप्रति नयाँ पुस्ताको आकर्षण बढाउने उद्देश्यले विराटनगरमा पहिलोपटक ‘हिमालय रोड किताब मेला २०८३’ मा किताब किन्ने पाठकवर्गहरुको भीड लागेको छ ।


दिगो विकास इन्स्टिच्युट, ग्रीनसिटी भोलिन्टियर विराटनगर, नर्थ–साउथ कलेक्टिभ्स, पुस्तक विक्रेता, स्थानीय साहित्यकार तथा जागरुक युवाहरूको संयुक्त पहलमा आज हिमालय रोडमा किताब मेला आयोजना गरिएको छ । मेलामा पाठक र लेखकबीच प्रत्यक्ष संवादको वातावरण निर्माण गर्ने, बौद्धिक विमर्शलाई प्रोत्साहन गर्ने तथा समाजमा ज्ञानको पहुँच विस्तार गर्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजक संस्थाकी नितु शेनले बताईन् ।


मेलामा नेपाली साहित्य, विराटनगरको साहित्यिक इतिहास तथा वर्तमान साहित्यिक गतिविधिका विषयमा छलफल गरिनुका साथै कविता वाचन, सांस्कृतिक नृत्य, कला प्रदर्शनलगायत विविध कार्यक्रमहरू सञ्चालन गरिएको छ ।


किताब मेलमा पुस्तक बिक्री तथा प्रदर्शनमा मात्र सीमित नहुने, बरु साहित्य, कला र बौद्धिक बहसलाई एकै थलोमा जोड्ने साझा प्लेटफर्मका रूपमा विकास गर्ने लक्ष्य राखिएको थियो । विराटनगरमा पहिलोपटक भएको यस किसिमको मेलाले पठन संस्कृतिको विस्तारसँगै साहित्यिक गतिविधिलाई थप सक्रिय बनाउन सहयोग पुगेको विराटनगरका साहित्यकार खेम नेपालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्