विराटनगरमा कोशी प्रदेशका प्रहरीलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान सम्बन्धी तालिम

<span class='c1'>विराटनगरमा कोशी प्रदेशका प्रहरीलाई सम्पत्ति</span> <span class='c2'>शुद्धीकरण अनुसन्धान सम्बन्धी तालिम</span>

विराटनगर । नेपाल राष्ट्र बैंक र नेपाल प्रहरी प्रधान कार्यालयको संयुक्त आयोजनामा सम्पत्ति शुद्धीकरण, आतंककारी गतिविधिमा वित्तीय लगानी तथा आमविनाशका हातहतियार निर्माण र विस्तारसँग सम्बन्धित वित्तीय अपराध अनुसन्धानसम्बन्धी पाँचदिने अनुशिक्षण तालिम मंगलबारदेखि विराटनगरमा सुरु भएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित तालिमको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले गरेका थिए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै गभर्नर पौडेलले वित्तीय प्रणालीमा पारदर्शिता, सुशासन र आर्थिक स्थायित्व कायम गर्न सम्पक्ति शुद्धीकरण, आतंककारी वित्तीय लगानी तथा आमविनाशका हातहतियारसँग सम्बन्धित वित्तीय अपराध नियन्त्रण अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले यस्ता अपराधको प्रभावकारी अनुसन्धान तथा निगरानीका लागि सम्बन्धित निकायबीच समन्वय, सूचना आदानप्रदान र दक्ष जनशक्ति विकास आवश्यक रहेको उल्लेख गर्दै तालिमले प्रहरी कर्मचारीको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रमका विशिष्ट अतिथि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले वित्तीय अपराधको स्वरूप दिनप्रतिदिन जटिल बन्दै गएको उल्लेख गर्दै यस्ता अपराधको सफल अनुसन्धानका लागि प्राविधिक ज्ञान, अनुसन्धान सीप र अन्तरनिकाय समन्वय अपरिहार्य रहेको बताए। उनले नेपाल प्रहरीले हुण्डी कारोबार, संगठित अपराध, मानव बेचबिखन, लागूऔषध ओसारपसार, ठगी तथा आपराधिक लाभसँग सम्बन्धित घटनाको अनुसन्धानमा वित्तीय विश्लेषण, प्रमाण संकलन, अन्तरनिकाय समन्वय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिँदै आएको जानकारी दिए।


कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले तालिमको उद्देश्य र महत्वबारे प्रकाश पारेका थिए भने कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
उद्घाटन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र फुयाल, नेपाल राष्ट्र बैंकका निर्देशक शरणकुमार अधिकारी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख, झापा, मोरङ, सुनसरी र उदयपुरका जिल्ला प्रहरी प्रमुखहरू, विभिन्न प्रहरी अधिकृत, प्रशिक्षार्थी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

पाँचदिने तालिममा कोशी प्रदेशका १४ जिल्लाबाट २४ जना जुनियर प्रहरी अधिकृतहरूको सहभागिता रहेको छ। तालिममार्फत वित्तीय अपराध अनुसन्धानमा संलग्न प्रहरी जनशक्तिको दक्षता अभिवृद्धि गर्दै सम्पत्ति शुद्धीकरण तथा आतंककारी वित्तीय लगानीसम्बन्धी अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्