विराटनगरको नोबेल मेडिकल कलेजमा संक्रमण नियन्त्रणसम्बन्धी तालिम सम्पन्न

<span class='c1'>विराटनगरको नोबेल मेडिकल कलेजमा</span> <span class='c2'>संक्रमण नियन्त्रणसम्बन्धी तालिम सम्पन्न</span>

विराटनगर, २० जेठ , विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा स्वास्थ्यकर्मीहरूका लागि संक्रमण रोकथाम तथा नियन्त्रण (IPC) सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ।

अस्पतालकी नर्सिङ मेट्रोन श्रीजु पराजुलीको सञ्चालन र IPC टोलीको समन्वयमा २०८३ जेठ १९ गते कार्यक्रम आयोजना गरिएको हो।

स्वास्थ्य सेवा सुरक्षित र गुणस्तरीय बनाउने उद्देश्यले आयोजित तालिममा स्वास्थ्यकर्मीहरूको ज्ञान तथा सीप अभिवृद्धिमा जोड दिइएको थियो। तालिममा संक्रमण नियन्त्रणका आधारभूत सिद्धान्त, हातको सरसफाइ, PPE को प्रयोग, उपकरण निर्जीवीकरण, सुई घोचिने चोट व्यवस्थापन र स्वास्थ्यजन्य फोहोर व्यवस्थापनबारे प्रशिक्षण दिइएको थियो।

सहभागीहरूलाई सैद्धान्तिकसँगै व्यावहारिक अभ्यास पनि गराइएको थियो। जसअन्तर्गत हात धुने सही तरिका, PPE लगाउने–फुकाल्ने विधि, उपकरण प्याकिङ, CVC ड्रेसिङ र स्पिल व्यवस्थापनको अभ्यास समावेश थियो।

अस्पतालका विभिन्न विभागका स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको उक्त तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिइने अस्पताल प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्