विराटनगरको मेरिल्याण्ड कलेजका विद्यार्थीहरुसँग मनोज गजुरेल, विद्यार्थीलाई हसाउँदै दिए प्रेरणा

<span class='c1'>विराटनगरको मेरिल्याण्ड कलेजका विद्यार्थीहरुसँग मनोज</span> <span class='c2'>गजुरेल, विद्यार्थीलाई हसाउँदै दिए प्रेरणा</span>

विराटनगर । चर्चित हास्य कलाकार मनोज गजुरेलले लामो समयपछि विराटनगरमा आफ्नो प्रस्तुति दिएका छन् । विराटनगर ७ स्थित रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेजले आयोजना गरेको कक्षा ११ का विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रममा सहभागी भएका गजुरेलले करिब ४५ मिनेटसम्म हास्यव्यङ्ग्य प्रस्तुत गर्दै दर्शकलाई पेट मिचिमिची हसाएका हुन् ।


बिहीबार बिहान विराटनगरको सिटी प्यालेसमा आयोजित कार्यक्रममा गजुरेललाई विद्यार्थीहरुले विशेष स्वागत गरेका थिए । कलेजका विद्यार्थीहरुले ड्रोनमार्फत पुष्पवृष्टि गरेर उनको स्वागत गरेका थिए ।


कार्यक्रममा गजुरेलले समसामयिक राजनीतिक तथा सामाजिक विषयवस्तुमाथि व्यङ्ग्य प्रहार गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । उनले नेपालका नेतादेखि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी डोनान्ट ट्रम सम्मका चर्चित व्यक्तित्वहरुको क्यारेकेचर प्रस्तुत गरेका थिए । उनको प्रस्तुति हेर्न उपस्थित विद्यार्थी, अभिभावक तथा शिक्षक–शिक्षिकाहरु हाँसोले भरिएका देखिन्थे । कार्यक्रममा मनोरञ्जनसँगै गजुरेलले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई अध्ययन, अनुशासन र भविष्य निर्माणसँग सम्बन्धित प्रेरणादायी सन्देश समेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्