विराटनगरमा बिद्युत ‘ट्रिपिङ र फल्क्च्यूएशन’ सँग हैरान उद्योगी, सुधार गर्न माग गर्दै पठाए मन्त्रीलाई पत्र

<span class='c1'>विराटनगरमा बिद्युत ‘ट्रिपिङ र फल्क्च्यूएशन’ सँग हैरान उद्योगी,</span> <span class='c2'>सुधार गर्न माग गर्दै पठाए मन्त्रीलाई पत्र</span>

विराटनगर । बिद्युत आपूर्तिमा भइरहेको ट्रिपिङ र फल्क्च्यूएशनले विराटनगरका उद्योगी हैरान भएका छन् । उद्योग संगठन मोरङले यहि अवस्था रहे अवस्था राम्रो नहुने भन्दै बिहीबार विभागिय मन्त्रालयसहित नेपाल बिद्युत प्राधिकरण केन्द्र तथा कोशी प्रदेश कार्यालयमा लिखित गुनासो पठाएका हुन् ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीका अनुसार सुनसरी मोरङ औद्योगिक करिडोरमा अहिले दैनिक भोग्नु परेको समस्या तत्काल समाधान हुन आवश्यक रहेको बताए । औद्योगिक करिडोर मात्रै नभई विराटनगर महानगर क्षेत्रभित्रको ग्राहथ्र्थ फिडरमा समेत समस्या भएकोले यथासक्य संरचनागत सुधार गर्न माग गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बिराजभक्त श्रेष्ठ, नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक तथा नेपाल विद्युत प्राधिकरण कोशी प्रदेश प्रादेशिक कार्यालयका निर्देशकलाई पत्राचार गर्दै समस्या बारे जानकारी गराइएको हो । बारम्बार भइरहेको ट्रिपिङ र फल्क्च्यूएशन समस्याको तत्काल समाधान गर्न, आपूर्ति प्रणालीलाई भरपर्दो, नियमित र गुणस्तरीय बनाउन प्राविधिक तथा व्यवस्थापकीय सुधार गरी दीर्घकालीन समाधान गरिदिन आग्रह गरिएको छ ।

अध्यक्ष राठीका अनुसार औद्योगिक क्षेत्रमा दैनिक १० देखि १२ पटक भन्दा बढी भइरहेको विद्युत ट्रिपिङले प्रक्रियामा रहेको कच्चा नोक्सानी हुने गरेको छ । विद्युत अवरोधका कारण मिल तथा मेसिनरीमा क्षति पुग्ने, उत्पादन प्रक्रियामा रहेका कच्चा पदार्थ नष्ट हुने, उत्पादन कार्य प्रभावित भई श्रमिकहरू निष्क्रिय बस्नुपर्ने अवस्था रहेको दावी गरिएको छ । इन्धनको मूल्यबृद्धिका कारण जेनेरेटर चलाउन नसक्ने र गर्दा पनि उत्पादन लागत बढ्ने भएकोले त्यसले उपभोक्तालाई असर पुग्ने उल्लेख छ । बारम्वारको ट्रिपिङ तथा फल्क्च्यूएशनले विद्युतीय उपकरणहरूको प्रयोगमा समस्या उत्पन्न भएको, विद्यार्थी, कार्यालय तथा घरायसी कामकाज समेत प्रभावित भएको उल्ल्ेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्