विराटनगरमा ७० जना सिटी सफारी चालकलाई “सुरक्षित चालक” ज्याकेट वितरण

<span class='c1'>विराटनगरमा ७० जना सिटी सफारी</span> <span class='c2'>चालकलाई “सुरक्षित चालक” ज्याकेट वितरण</span>

विराटनगर । सिटी सफारीलाई सुरक्षित, अनुशासित, जिम्मेवार तथा मर्यादित रूपमा सञ्चालन गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको सञ्चालन गरिएको “सुरक्षित चालक” अभियान अन्तर्गत ७० जना सिटी सफारी चालकलाई “सुरक्षित चालक” अंकित ज्याकेट वितरण गरिएको छ ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका ट्राफिक प्रमुख सन्तोष न्यौपानेले बिहीबार कार्यलयमा आयोजित कार्यक्रममा चालकहरुलाई ट्राफिक नियम, सुरक्षित सडक प्रयोग तथा सुरक्षित चालक अभियानबारे जानकारी गराउनुका साथै “सुरक्षित चालक” लेखिएको ज्याकेट वितरण गरेका थिए ।


अभियानले सवारी सञ्चालनलाई व्यवस्थित बनाउन तथा चालकमा जिम्मेवारी र सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका ट्राफिक प्रमुख सन्तोष न्यौपानेले जानकारी दिनुभयो ।
ट्राफिक नियम, सुरक्षित सडक प्रयोग तथा सुरक्षित चालक अभियानमा अहिले सम्म २ हजार बढी सिटी सफारी चालकलाई “सुरक्षित चालक” लेखिएको ज्याकेट वितरण गरिसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्