विराटनगर । विश्व वातावरण दिवसको अवसरमा विराटनगर महानगरपालिकाले वातावरण संरक्षण, हरियाली विस्तार तथा जलवायु परिवर्तन न्यूनीकरणमा उल्लेखनीय योगदान पु¥याउने दुई संस्थालाई सम्मान गरेको छ ।
महानगर परिसरमा शुक्रबार विहान आयोजित विशेष कार्यक्रममा वातावरणीय सचेतना अभिवृद्धि, वृक्षारोपण प्रवद्र्धन तथा समुदायस्तरमा वातावरण संरक्षणका गतिविधि सञ्चालन गर्दै आएका गो ग्रिन विराटनगर र सुनौलो अवसर युवा क्लबलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गो ग्रिन विराटनगरका नविनचन्द्र अधिकारी र सुनौलो अवसर युवा क्लबका पुष्पराज गिरीलाई खादा, माला तथा सम्मानपत्र प्रदान गर्दै उनीहरूको योगदानको उच्च प्रशंसा गरेका थिए ।


वातावरण संरक्षणसँग सम्बन्धित विभिन्न संघसंस्था, युवा समूह तथा विद्यालयका विद्यार्थीहरूको सहभागितामा महेन्द्रचोकबाट प्रभातफेरी आयोजना गरिएको थियो । दिवशको अवसरमा विराटनगरमा रहेको सेन्ट मेरिज विद्यालयका विद्यार्थीहरूले वातावरण संरक्षणसम्बन्धी सन्देशमूलक नाटक तथा गीत प्रस्तुत गरेका थिए ।