शिक्षादिप कलेजको सामाजिक संजालमा उत्कृष्ट प्रमोशन गर्ने विद्यार्थी नगद सहित सम्मानित

<span class='c1'>शिक्षादिप कलेजको सामाजिक संजालमा उत्कृष्ट प्रमोशन</span> <span class='c2'>गर्ने विद्यार्थी नगद सहित सम्मानित</span>

विराटनगर । विराटनगरमा रहेको शिक्षादिप कलेजमा यसवर्षको शैक्षिकसत्रमा भर्ना भएका नव आगन्तुक विद्याथीहरुले शिक्षादिप कलेजको शैक्षिक वातावरण विद्यार्थीमैत्री र स्वाच्छ शान्त वातावरणअनुकुलित भएका कारण आफुहरुको पहिलो रोजाई भएको बताएका छन् ।
कलेजले आइतबार विराटनगरको सिटी प्यालेसको मिनीसभाहलमा नवआगन्तुक विद्यार्थी लक्षित अभिमुखिकरण कार्यक्रममा विद्यार्थीहरुले सो कुरा मञ्चमा आफ्ना अभिभावक , शिक्षक शिक्षिका तथा अन्य विद्यार्थीसाथीहरु सामु आफ्ना धारणाहरु राखेका थिए ।


यसपटक शिक्षादिप कलेजको व्यावस्थापन संकाय अन्तर्गत कक्षा ११ मा ३३५ जना विद्यार्थीहरू भर्ना भएको कलेजका निर्देशक शैलेन्द्र शिवाकोटीले जानकारी दिए । शिवाकोटीले शिक्षादीप कलेजले केवल सैद्धान्तिक मात्र नभई रोजगारमुखी शिक्षामा जोड दिँदै आएको बताए। उनले विद्यार्थीहरूलाई समयको महत्त्व बुझेर अध्ययनमा केन्द्रित हुन आग्रह गरे ।


कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले विद्यार्थीहरूलाई मेहनत र लगनशील भएर अध्ययन गर्न सुझाव दिए । कार्यक्रममा बोल्दै शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले विद्यार्थीको अथक मेहनतले मात्रै सफलता सम्भव हुने कुरामा जोड दिए । उनले भने, ‘शिक्षादीप कलेज कोशी प्रदेशकै उत्कृष्ट हुनुमा यहाँका विद्यार्थीको मेहनत र अनुशासनको ठूलो भूमिका छ ।


विद्यार्थीले यी दुई वर्ष कडा मेहनत गर्ने हो भने भविष्यमा सफलता अवश्य मिल्नेछ । सोही अवसरमा कलेजले लिएको प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने १० जना विद्यार्थीहरू र अन्य विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो। विद्यार्थीहरुले कलेजको सामाजिक संञ्जाल मार्फत राम्रो प्रमोसन गर्ने  १२ जनालाई नगद प्रमाणपत्र र अन्य सहभागिलाई पनि खदामाला र सम्मानपत्र हस्तान्त्रण गरेर सम्मान गरेको थियो । सम्मानित हुनेहरुमा स्मृति फुयाल , रितु खड्का , अकुंश बुढाथोकी, निकेश श्रेष्ठ रोशन रोय, अंशु पोखरेल साहिरा घिमिरे , विनीसा कट्वाल, प्रयोसा अधिकारी, अर्पना दाहाल , अमृत कुमार देव र रितिककुमार साह रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्