विराटनगर । मोरङ प्रहरीले विराटनगर महानगरपालिका–११ जनपथ टोलस्थित एक घरमा तास खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले महेश अग्रवालको घरमा छापा मार्दा तास खेलिरहेको अवस्थामा १२ जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूको साथबाट नेपाली नगद रु. २ लाख ७४ हजार ४ सय, २२ बुक तास, १४ थान मोबाइल फोन तथा २ वटा मोटरसाइकल बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेहरूमा उदयपुर गाईघाटका लोकचन्द्र कार्की ,विराटनगर महानगरपालिकाका राधे कामत, सुरज शर्मा, निरज साह, मेदिनीप्रसाद प्रशाई, रोहित सहनी,दिलिप साह , पोषन सहनी , भरतकुमार राई ग्रामथानका रंजित साह, कटहरीका रामु कामत र बुढीगंगा गाउँपालिकाका ओमनाथ ढकाल रहेका छन्।
प्रहरीले पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।