विराटनगर । अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त नेपाली शेफ सन्तोष शाह को विशेष प्रेरणादायी कार्यक्रम विराट मेडिकल कलेज टिचिङ अस्पतालमा सम्पन्न भएको छ।
कार्यक्रममा शेफ शाहले आफ्नो जीवन यात्रा, संघर्ष, सफलता र नेपाली खानालाई विश्वमञ्चमा पुर्याउने अनुभवबारे सहभागीहरूसँग प्रेरणादायी विचार साझा गरेका थिए। उनले मेहनत, लगनशीलता र आफ्नो संस्कृतिप्रतिको गर्वले नै सफलता हासिल गर्न सम्भव हुने बताउँदै युवाहरूलाई आफ्ना सपनाप्रति प्रतिबद्ध रहन आग्रह गरे।



कार्यक्रम अन्तर्गत आयोजित अन्तरक्रियात्मक प्रश्नोत्तर सत्रमा विद्यार्थी, स्वास्थ्यकर्मी तथा अन्य सहभागीहरूले शेफ शाहसँग प्रत्यक्ष संवाद गरेका थिए। सहभागीहरूले उनको अनुभव र सुझावबाट प्रेरणा प्राप्त गरेको बताएका छन्।





कार्यक्रमपछि विराट क्याफेमा आयोजित ‘मिट एण्ड ग्रिट’ सत्रमा सहभागीहरूले शेफ शाहसँग प्रत्यक्ष भेटघाट तथा तस्बिर खिच्ने अवसर समेत पाएका थिए।
विराट मेडिकल कलेज टिचिङ अस्पतालले आयोजना गरेको उक्त कार्यक्रम उत्साहपूर्ण सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएको जनाएको छ।