यात्रुबाट उठाउन महंगोमा ठेक्का कबोल गर्दछन, विराटनगर विमानस्थलका होटल–क्याफे

<span class='c1'>यात्रुबाट उठाउन महंगोमा ठेक्का कबोल</span> <span class='c2'>गर्दछन, विराटनगर विमानस्थलका होटल–क्याफे</span>

विराटनगर । नेपाल नागरिक उड्डयन प्राधिकरण विराटनगर विमानस्थल परिसरमा तीनवर्ष अगाडी अनुकुल होटल एण्ड भान्छाघर विराटनगर–४ ले विमानस्थलको भिजिटर कक्ष २ करोड ३७ लाख २५ हजारमा ठेक्का कबोल गरेको थियो । पाँचवर्षका लागि विमानस्थलले भने ८५ लाख ७५ हजार रुपिँया ठेक्का अंक राखेको थियो । यसैगरी ठेक्का अंक ३३ लाख राखिएको स्टेराईल हललाई ममता होटल विराटनगर–४ ले कन्फेन्सनरी पसलका लागि १ करोड १५ लाखमा सम्झौता गरेको थियो । त्यसैगरी ममता होटलले नै ठेक्का रकम अंक ९६ लाख ८६ हजार २३१ तोकिएको सवारी विसान क्षेत्रलाई १ करोड ६५ लाख र नोबेल गेट उत्तरको व्यापारिक भवन ३ करोड ५१ हजार १५ हजार तोकिएकोमा ३ करोड ५१ हजार २५ हजार रुपिँयामा कबोल गरेको थियो । यसैगरी न्यू ग्यालेक्सी एण्ड लज विराटनगर ४ ले १ करोड ७० लाख ठेक्का अंक तोकिएको चेक इन काउन्टर हललाई पाँचवर्षका लागि २ करोड ३१ लाख रुपिँया कबोल गरेको थियो । यो ग्यालेक्सीले लिएको ठेक्का दिपेन्द्र बाराकोटीमार्फत रेडमग क्याफेले भाडामा लिएर सञ्चालन गर्दै आएको छ । सम्झौता गर्ने दोस्रो पक्षबाट तेस्रो पक्षमा गएपछि यसको भाडा अझै महंगिएको छ ।


विमानस्थलले दश संरचनाको ठेक्का लगाएको छ । वार्षिक ३ करोड ३६ लाख ४६ हजार २११ रुपिँयाको आम्दानी यहाँबाट गर्दछ । नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०७८ अनुसार संरचनाहरुको ठेक्का अंक कायम गरिदैं आएको छ । तर, सार्वजानिक सूचना जारी गरेर ठेक्का व्यवस्थापन र सम्झौता हुँदा कबोल गर्नेहरुले लिलाम बढाबढ गर्दछन् । यस्तो हुँदा नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरेको सेवा शुल्क अंक भन्दा दोब्बर÷तेब्बर दिनेपनि तयार हुन्छन् । विमानस्थलमा आउजाउ गर्ने सेवाग्राहीलाई लक्षित गर्दै सञ्चालकले भने वस्तु तथा सेवाको मूल्यमा मनपरी बृद्धि गरेर ठेक्का रकम असुल्ने माध्यम बनाउँदछन् । सधैं भीडभाड हुने विमानस्थलमा आफैं लिलाम बढाबढ गरेर लिएको ठेक्कामा भने उपभोक्ताहरुको ढाड नराम्रोसँग सेकिदै आएको खुलेको हो ।

विराटनगर विमानस्थलले पाँचवर्षका लागि २०७९ र २०८० सालमा ठेक्कापट्टा व्यवस्थापन गरेको थियो । जसको अवधी २०८५ सम्म रहेको छ । त्यसपछि २०८२ सालमा अन्य केहि संरचनाको ठेक्का व्यवस्थापन गरेको थियो । ठेक्का अंक भन्दा बढी कबुल गरेका यी होटल तथा क्याफेले राज्यलाई राजस्वमा योगदान दिएपनि उपभोक्ताको गोजी भने रित्याउने गरेको गुनासो बढ्दो छ । जिल्ला प्रशासन कार्यालय मोरङमा विमानस्थलका यिनै होटल तथा क्याफे, कन्फेक्सनरी सञ्चालन गर्नेहरुले अत्याधिक मूल्य असुलेको गुनासोपछि मंगलबार अनुगमन गरिएको थियो । यात्राका लागि विमानस्थल आइपुगेका यात्रीहरुले कुनै पनि सेवा लिदाँ अत्याधिक रकम असुल्ने गरेको पाइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइलालाले जानकारी दिएका छन् । उनले आकस्मिक गरिएको चेकजाँचमा चारवटा होटल तथा क्याफेमा अत्याधिक मूल्य लिएको प्रमाणका आधारमा तीनलाखका दरले जरिवाना गरिएको हो ।
विमानस्थल भित्र तीनवटा स्थानको ठेक्का लिएको विराटनगर–४ स्थित ममता होटल, विराटनगर–४ कै होटल न्यू ग्यालेक्सी एण्ड लज (रेडमग क्याफे), गरिमा होटल प्रा.लि.इटहरी–२ को गरिमा क्याफे, र विराटनगर–४ को अनुकुल होटेल एन्ड भान्साघरलाई ३÷३ लाख रुपिँया जरिवाना गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाका अनुसार खाजा, चिया, कफी, हल्का पेयपदार्थको अधिकतम खुद्रा बिक्री मूल्य भन्दा दोब्बर र तेब्बरसम्म असुल गर्ने गरेको पाइएपछि ३÷३ लाख जरिवाना गरिएको हो ।

स्थानीय प्रशासनले संकलन गरेको प्रमाणमा ममता होटलले एकसय रुपिँया पर्ने डेरी मिल्क चकलेटलाई २०० रुपिँया, ग्यालेक्सी (रेडमग क्याफे)ले ५० रुपिँया पर्ने कोकाकोलाको १६० रुपिँया, गरिमाले ५० रुपिँया पर्ने कोकाकोलाको ८० रुपिँया र अनुकुल होटलले ८ रुपिँया पर्ने चकलेटलाई १७ रुपिँया ६९ पैसाको बिल काटेका थिए । यहि बिलका आधारमा उनीहरुमाथि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना भराइएको कोइरालाले जानकारी दिएका हुन् । उपभोक्ताको गुनासोपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा वाणिज्य कार्यालय, प्रहरीको टोलि त्यहाँ पुगेको थियो ।

विराटनगर विमानस्थलका सूचना अधिकारी प्रकाश भण्डारीले नियमावली अनुसार ठेक्का व्यवस्थापन गरिएको भएपछि अधिकतम खुद्रा मूल्य भन्दा बढीमा वस्तु बिक्री गर्न नपाउने कुरा सम्झौता यस अगाडी उल्लेख हुने गरेको थिएन । तर, पछिल्लो ठेक्का व्यवस्थापन २०८२ असोजमा होटल गरिमा लि.इटहरीसँग सम्झौता गर्दा अधिकतम खुद्रा मूल्यलाई ध्यानमा राख्नुपर्ने सेवाशर्त तोकिएको दावी छ । त्यहि पनि विमानस्थलको पानीट्यांकी मुनीको भागमा क्याफे खोलेको गरिमाले ५० रुपिँयाको कोलाकाला ८० रुपिँयामा बिक्री गरेको भेटिएको छ ।

सूचना अधिकारी भण्डारीका अनुसार अहिले १० स्थानको ठेक्का व्यवस्थापन गरेर आम्दानी लिइरहेको विराटनगर विमानस्थलले सार्वजानिक सूचना निकालेर लिलाम बढाबढमार्फत ठेक्का लगाउँदै आएको हो । २ करोड ८ लाख ५० हजार तोकिएको व्यापारिक भवनको ठेक्का ५ करोड १५ लाखमा विराटनगर ४ स्थित बिमल होटलले कबोल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्