कोशी प्रदेशको ४० अर्ब ४४ करोड ५८ लाखको बजेट सार्वजनिक

<span class='c1'>कोशी प्रदेशको ४० अर्ब ४४</span> <span class='c2'>करोड ५८ लाखको बजेट सार्वजनिक</span>

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ५८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्।

प्रस्तुत बजेटमा चालूतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ, पूँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ, वित्तीय व्यवस्थातर्फ १५ करोड रुपैयाँ तथा वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ विनियोजन गरिएको छ। यो बजेट चालु आर्थिक वर्षको तुलनामा १२.७४ प्रतिशतले बढी रहेको सरकारले जनाएको छ।

बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापनतर्फ आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। यस्तै, राजस्व बाँडफाँडबाट १२ अर्ब ८७ करोड रुपैयाँ, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान ९ अर्ब १२ करोड रुपैयाँ, सशर्त अनुदान ५ अर्ब ९५ करोड रुपैयाँ, समपुरक अनुदान ६४ करोड रुपैयाँ तथा विशेष अनुदान ५५ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यसैगरी, प्राकृतिक स्रोतको रोयल्टीबाट ४१ करोड रुपैयाँ, सोझै भुक्तानीमार्फत २० करोड रुपैयाँ प्राप्त हुने र बाँकी अपुग रकम ५ अर्ब रुपैयाँ नगद मौज्दातबाट व्यवस्थापन गरिने आर्थिक मामिला तथा योजना मन्त्री लिङ्थेपले जानकारी दिए।

प्रदेश सरकारले आगामी वर्षको बजेटमार्फत पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार प्रवर्द्धन तथा सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेको जनाएको छ। बजेट कार्यान्वयनले प्रदेशको आर्थिक तथा सामाजिक विकासमा थप टेवा पुग्ने विश्वास सरकारको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्