मोरङका रवि रिजालले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरे

<span class='c1'>मोरङका रवि रिजालले राष्ट्रिय</span> <span class='c2'>प्रजातन्त्र पार्टी परित्याग गरे</span>

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का आमन्त्रित केन्द्रीय सदस्य रवि रिजालले पार्टीबाट अलग हुने घोषणा गरेका छन्। उनले अध्यक्षलाई सम्बोधन गर्दै दिएको राजीनामापत्रमार्फत वर्तमान नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी छाडेको जानकारी दिएका हुन्।

रिजालले पार्टीभित्र नेतृत्वको कार्यशैली, निर्णय प्रक्रिया र निर्देशनप्रति असहमति रहेको उल्लेख गरेका छन्। उनले पार्टीको मूल एजेन्डा—राजसंस्था पुनःस्थापना र हिन्दुराष्ट्र स्थापना—व्यवहारमा प्रभावकारी रूपमा अघि बढ्न नसकेको आरोप पनि लगाएका छन्।

उनका अनुसार संगठनभित्र पारदर्शिता, स्पष्टता र दृढताको अभाव देखिएको छ भने योग्य र योगदान दिएका व्यक्तिहरूको उचित मूल्यांकन हुन नसकेको गुनासो गरेका छन्। साथै, आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको र निर्णय प्रक्रिया सीमित व्यक्तिमा केन्द्रित भएको उनले बताएका छन्।

पार्टीभित्र असन्तोष बढ्दै गएको र कार्यकर्ताको मनोबल कमजोर बनेको उल्लेख गर्दै रिजालले यस्तो परिस्थितिमा आफू पार्टीमा बसिरहन उपयुक्त नदेखिएको बताएका छन्। उनले आजकै मितिदेखि पार्टीको साधारण सदस्यसमेत नरहने घोषणा गरेका छन्।

अन्त्यमा उनले पार्टीले आगामी दिनमा आफ्ना मूल सिद्धान्त र मूल्यलाई आत्मसात गर्दै सही दिशामा अघि बढोस् भन्ने शुभकामना व्यक्त गरेका छन्। उनि पुर्व प्रधानमन्त्री नगेन्द्र रिजालका नाति समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्