विराटनगरमा सुरु भयो कोशी मोडल युनाइटेड नेशन्स , ३ सय बढी विद्यार्थी सहभागि

<span class='c1'>विराटनगरमा सुरु भयो कोशी मोडल युनाइटेड नेशन्स</span> <span class='c2'>, ३ सय बढी विद्यार्थी सहभागि</span>

विराटनगर । स्पटलाइट इनिसियटिभको आयोजना तथा दिल्ली पब्लिक स्कुल (DPS), विराटनगरको समन्वयमा विराटनगरमा ३ दिने कोशी मोडल युनाइटेड नेशन्स ( KMUN) ) २६ सुरु भएको छ । विराटनगर ५ मा रहेको दिल्ली पब्लिक स्कुलको सभाहलमा शुक्रबारबाट सुरु भएको कार्यक्रम आगामी असार ७ गतेसम्म सम्मा जारी रहने छ । कार्यक्रमको उद्घाटन विराटनगर महानगरपालिकाका आदरणीय मेयर नगेश कोइरालाले गरेका थिए ।


उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले युवापुस्तामा नेतृत्व क्षमता, कूटनीतिक सोच, अन्तर्राष्ट्रिय सम्बन्धप्रतिको समझ तथा विश्वव्यापी समस्याहरूको समाधान खोज्ने क्षमताको विकास गर्न मोडल युनाइटेड नेशन्सजस्ता कार्यक्रम अत्यन्त प्रभावकारी हुने बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई विश्व नागरिकका रूपमा सोच्न, संवाद र सहकार्यमार्फत समस्या समाधान गर्न तथा राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्नुभयो ।


कार्यक्रममा बोल्दै दिल्ली पब्लिक स्कुल, विराटनगरका सह–प्राचार्य श्री टी.एए भण्डारीले यस्ता कार्यक्रमले विद्यार्थीहरूको नेतृत्व क्षमता, आत्मविश्वास, सार्वजनिक वक्तृत्वकला, अनुसन्धान तथा समालोचनात्मक सोचको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले सम्मेलनमा सहभागी विद्यार्थीहरूलाई विभिन्न राष्ट्रका प्रतिनिधिको भूमिकामा रहेर विश्वका समसामयिक मुद्दाहरूमा गम्भीरतापूर्वक छलफल गर्न आग्रह गर्नुभयो।


त्यसैगरी, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO  ) का कोशी प्रदेश संयोजक श्री प्रशान्त नेपालले दिगो विकास, खाद्य सुरक्षा, जलवायु परिवर्तन तथा विश्वव्यापी चुनौतीहरूको समाधानमा युवाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले यस्ता शैक्षिक मञ्चहरूले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय मुद्दाहरू बुझ्न, समाधानका उपायहरू खोज्न तथा जिम्मेवार विश्व नागरिकका रूपमा विकसित हुन महत्वपूर्ण अवसर प्रदान गर्ने बताउनुभयो।


कार्यक्रममा कोशी मोडल युनाइटेड नेशन्सका सेक्रेटरी जनरल दीपांकर कुँवर, स्पटलाइट इनिसियटिभका अध्यक्ष ईशान अग्रवाल, कस्तुरी कलेजका एकेडेमिक कोर्डिनेटर, विराट टिचिङ अस्पतालका निर्देशक डा. निकिता कार्की , विभिन्न शैक्षिक संस्थाका प्रतिनिधि, कार्यकारी बोर्डका सदस्य, आयोजक समिति, शिक्षक तथा सञ्चारकर्मीहरूको समेत उल््लेखनीय उपस्थिति रहेको थियो। सम्मेलनमा विभिन्न विद्यालयका करिब ३ सय विद्यार्थी प्रतिनिधिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।


तीन दिनसम्म सञ्चालन हुने यस सम्मेलनमा सहभागी विद्यार्थीहरूले विभिन्न देशका प्रतिनिधिका रूपमा प्रस्तुत हुँदै विश्व शान्ति, मानव अधिकार, जलवायु परिवर्तन, दिगो विकास, अन्तर्राष्ट्रिय सुरक्षा तथा समसामयिक विश्व मुद्दाहरूमा बहस, छलफल र प्रस्तावहरू प्रस्तुत गर्नेछन् । विद्यार्थीहरूमा नेतृत्व, कूटनीति, अनुसन्धान, संवाद तथा सहकार्यको सीप विकास गर्ने उद्देश्यसहित आयोजना गरिएको यस सम्मेलनको उद्घाटन सत्र उत्साहपूर्ण तथा गरिमामय वातावरणमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्