विराटनगर जेसीजद्वारा “ज्ञानको उपहार” २ सय पुस्तक त्रिवेणी वाचनालयलाई प्रदान

<span class='c1'>विराटनगर जेसीजद्वारा “ज्ञानको उपहार” २</span> <span class='c2'>सय पुस्तक त्रिवेणी वाचनालयलाई प्रदान</span>

विराटनगर । पठन संस्कृतिको विकास तथा ज्ञानको पहुँच विस्तार गर्ने उद्देश्यले विराटनगर जेसीजद्वारा “ज्ञानको उपहार पुस्तक हस्तान्तरण कार्यक्रम” अन्तर्गत विराटनगर १ मा रहेको त्रिवेणी वाचनालयलाई २ पुस्तक हस्तान्त्रण गरिएको छ ।


शनिबार एक कार्यक्रम विच पुस्तकालयलाई विभिन्न स्रष्टा तथा लेखकहरूद्वारा लिखित कृतिहरू संकलन गरी साहित्य, इतिहास, जीवनी, व्यक्तित्व विकास, बालसाहित्य लगायत विविध विधाका २ सय भन्दा बढी पुस्तकहरू हस्तान्तरण गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिका–१ का वडाध्यक्ष काजी बहादुर बस्नेत ले पुस्तक दानले समाजमा ज्ञान, चेतना र सकारात्मक सोचको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। त्यसैगरी वाचनालयका अध्यक्ष तेजराज गिरी ले पुस्तकालयको समृद्धिका लागि गरिएको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता अभियानले पठन संस्कृतिलाई थप सशक्त बनाउने बताउनुभयो।


कार्यक्रममा बोल्दै विराटनगर जेसीजका वर्तमान अध्यक्ष कविराज दाहालले आफू पनि यही समुदायको स्थानीय बासिन्दा भएकाले त्रिवेणी वाचनालयसँगको सम्बन्ध पुस्तक हस्तान्तरणमै सीमित नरहने बताउनुभयो। उहाँले पुस्तकालयको विकास, पठन संस्कृतिको प्रवद्र्धन तथा समुदायको बौद्धिक उन्नयनका लागि आगामी दिनहरूमा पनि विभिन्न माध्यमबाट निरन्तर सहकार्य र सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा वाचनालय व्यवस्थापन समितिका सदस्यहरू, विराटनगर जेसीजका पूर्व अध्यक्षहरू, बोर्ड पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


विराटनगर जेसीजकी जनसम्पर्क अधिकारी आकृति रानी फुयाल का अनुसार समाजमा अध्ययन, अनुसन्धान तथा ज्ञान आदान–प्रदानको वातावरण सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममार्फत पुस्तकालयलाई थप समृद्ध बनाउन सहयोग पुगेको छ। उहाँले आगामी दिनहरूमा पनि शिक्षा, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित यस्ता रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्