विराटनगरको आदर्श बालिका माविमा कानुनी साक्षरता कार्यक्रम सम्पन्न

<span class='c1'>विराटनगरको आदर्श बालिका माविमा</span> <span class='c2'>कानुनी साक्षरता कार्यक्रम सम्पन्न</span>

विराटनगर। विराटनगरको आदर्श बालिका माध्यमिक विद्यालयमा कानुनी साक्षरता तथा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। नेपाल हातेमालो मञ्चको आयोजनामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष भावना गुरुङको नेतृत्वमा एलिसा तामाङ, चादिरा श्रेष्ठ, चिनु काफ्ले र याल्जिना थापाले सहभागिता जनाएका थिए।

सोमवार सम्पन्न भएको कार्यक्रममा यौनजन्य दुर्व्यवहार, करणी, साइबर अपराध, लागू पदार्थ दुर्व्यसन, महिला तथा बालबालिकाका अधिकार र विवाहसम्बन्धी कानुनी व्यवस्थाबारे विद्यार्थीहरूलाई जानकारी गराइएको थियो।

अन्तरक्रियात्मक छलफलमार्फत विद्यार्थीहरूलाई आफ्ना अधिकार, कर्तव्य तथा कानुनी संरक्षणका उपायबारे सचेत बनाइएको आयोजकले जनाएको छ। आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता आयोजकले व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्