मोरङ कारागारमा सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तदान , १७५ पिन्ट रगत संकलन

<span class='c1'>मोरङ कारागारमा सामाजिक उत्तरदायित्व वहन गर्दै</span> <span class='c2'>रक्तदान , १७५ पिन्ट रगत संकलन</span>

विराटनगर । विराटनगर–८ हाटखोलास्थित मोरङ कारागारमा सामाजिक उत्तरदायित्व अन्तर्गत कैदीबन्दीहरूबाट रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा १७५ जनाले रक्तदान गर्दै १७५ पिन्ट रगत संकलन भएको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको विशेष पहल तथा कारागार प्रमुख राजन घिमिरे र चौकीदार राकेश यादवको समन्वयमा आयोजित कार्यक्रममा कैद सजाय भोगिरहेका कैदीबन्दीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।


नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोगमा सञ्चालन गरिएको रक्तदान कार्यक्रमबाट अस्पतालमा उपचाररत बिरामीहरूलाई आवश्यक पर्ने रगतको अभाव न्यूनीकरणमा सहयोग पुग्ने नेपाल रेडक्रस सोसाइटी मोरङका सभापति सुकदेवप्रसाद मण्डलले जानकारी दिए ।
कार्यक्रमबारे जानकारी दिँदै चौकीदार राकेश यादवले समाजप्रति सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए। उनले कारागारभित्र रहेका कैदीबन्दीहरू पनि समाजका जिम्मेवार सदस्य भएको सन्देश दिन कार्यक्रम प्रभावकारी बनेको उल्लेख गरे ।

मोरङ कारागारका प्रमुख राजन घिमिरेले कारागारलाई केवल सजाय भोग्ने स्थानका रूपमा नभई सुधार र सकारात्मक परिवर्तनको केन्द्रका रूपमा विकास गर्न विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रम सञ्चालन गरिँदै आएको बताए । उनले भने, “रक्तदान जीवनदान हो। कारागारभित्र रहेका कैदीबन्दीहरूमा पनि मानवीय भावना र सामाजिक उत्तरदायित्वको चेतना रहेको छ भन्ने सन्देश यस कार्यक्रमले दिएको छ। बिरामीहरूका लागि आवश्यक रगत उपलब्ध गराउन कैदीबन्दीहरूले देखाएको उत्साह प्रशंसनीय छ।”
घिमिरेले आगामी दिनमा पनि शिक्षा, सीपमूलक तालिम, स्वास्थ्य तथा सामाजिक सेवासँग सम्बन्धित कार्यक्रमहरूलाई निरन्तरता दिइने जानकारी दिए । हाल मोरङ कारागारमा महिला तथा पुरुष गरी १२०८ कैदीबन्दीहरू रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्