नेपाली कांग्रेसका नेता अभिषेक गिरी विराटनगरबाट पक्राउ

<span class='c1'>नेपाली कांग्रेसका नेता अभिषेक</span> <span class='c2'>गिरी विराटनगरबाट पक्राउ</span>

 विराटनगर, असार १३ गते। नेपाली कांग्रेसका स्थानीय नेता अभिषेक गिरीलाई प्रहरीले आज बिहान विराटनगरस्थित उनकै निवासबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष प्रहरी टोलीले शनिबार बिहान विराटनगर महानगरपालिका–१० मा रहेको गिरीको घरमा खानतलासी गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो। गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा खानतलासी गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो।

पक्राउ परेका गिरी यसअघि अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गरी कारागारबाट छुटेका व्यक्ति हुन्। कारागारबाट मुक्त भएपछि उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका थिए। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्