विराटनगरमा जलवायु न्याय सम्बन्धी सिकाइ गोष्ठी सम्पन्न

<span class='c1'>विराटनगरमा जलवायु न्याय सम्बन्धी</span> <span class='c2'>सिकाइ गोष्ठी सम्पन्न</span>

विराटनगर । विराटनगरमा स्थानीय युवा, विद्यार्थी र जलवायु अभियन्ताहरूलाई जलवायु परिवर्तन र जलवायुको मुद्दामा सशक्त बनाउने उद्दैश्यका साथ“विराटनगर जलवायु सिकाइगोष्ठी २०२६“ सफलतापूर्वक सम्पन्न भएको छ । दिगो विकास इन्स्टिच्युट र ग्रिन सिटी भोलन्टियर्स विराटनगरको आयोजनामा एक दिने विशेष कार्यक्रम आयोजना गरिएको हो ।


कार्यक्रमको सुरुवात गर्दै दिगो विकास इन्स्टिच्युटका अध्यक्ष अभिषेक श्रेष्ठले सहभागीहरूलाई स्वागत गर्दै गोष्ठीको उद्दैश्य र आगामी दिनमा युवाहरूको भूमिकाबारे प्रकाश पारे । गोष्ठीमा विराटनगरका विभिन्न विद्यालयका विद्यार्थी, ग्रिन सिटीका स्वयम्सेवक र युवाअभियन्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

गोष्ठीको पहिलो प्राविधिक सेसनमा’क्लाइमेट रिस्क एण्डरैजिलेन्स ल्याब’ का विनोद पराजुलीले “प्रमाणदेखि प्रभावसम्म ः तथ्याङ्क, भाष्य र सामुदायिक अनुभवका माध्यमबाट जलवायु सञ्चारको सुदृढीकरण“ विषयमा प्रस्तुतीकरण दिए । उनले जलवायु सम्बंधि सहभागीहरूलाई समावेशी समूहमाविभाजन गरी खेल र छलफलको माध्यमबाटजलवायु सम्बन्धीशब्दावली र तथ्यहरूबारे प्रयोगात्मकसिकाइ गराए ।

सहभागीयुवाहरू आफैं ३ वटा समूहमा विभाजित भई स्थानीय स्तरमा सञ्चालन गर्न सकिने सिर्जनात्मक जलवायु अभियानको खाकातयार पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्