विराटनगरको रानी बोर्डरमा बसेर भारतीय सवारीसाधनलाई दुःख दिने बिचौलिया पक्राउ

<span class='c1'>विराटनगरको रानी बोर्डरमा बसेर भारतीय</span> <span class='c2'>सवारीसाधनलाई दुःख दिने बिचौलिया पक्राउ</span>

विराटनगर । विराटनगर रानी बोर्डर स्थित पुरानो भन्सार कार्यालय परिसरमा बिना अनुमति बिचौलियाको भूमिका खेली भारतीय सवारीसाधनलाई दुःख दिएको आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

विराटनगर १६ स्थित २ नम्बर डाट अगाडिबाट आइतबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा विराटनगर–१३ सैनिक टोलका ६३ वर्षीय सुरेश कर्ण, विराटनगर–१ पोखरियाका ४४ वर्षीय सञ्जय केवट र विराटनगर–१५ त्रिभुवन टोलका ६७ वर्षीय नरेन्द्र थापा रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी महेन्द्रकुमार मिश्रले जानकारी दिए ।

उनका अनुसार पुरानो भन्सार परिसरमा बसेर बिना इजाजत भारतीय नम्बर प्लेटका सवारीसाधनको बिल काट्ने र चालकहरूलाई अनावश्यक दुःख दिने गरेको गुनासो आएपछि उनीहरूलाई पक्राउ गरिएको हो । विशेष सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको मोरङ सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोईरालाले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्