लागुऔषधविरुद्धको टिकटक प्रतियोगितामा आयुषा विक प्रथम, ५० हजारसहित सम्मानित

<span class='c1'>लागुऔषधविरुद्धको टिकटक प्रतियोगितामा आयुषा विक</span> <span class='c2'>प्रथम, ५० हजारसहित सम्मानित</span>

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले सञ्चालन गरेको लागुऔषधविरुद्धको महाअभियान अन्तर्गत आयोजित सकारात्मक सन्देशमूलक टिकटक भिडियो प्रतियोगितामा विराटनगर–३ की आयुषा विक प्रथम भएकी छन्। उनले नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेकी छन् ।


प्रतियोगितामा हीराबहादुर विक दोस्रो हुँदै ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भए। त्यसैगरी अमीर श्रेष्ठ तेस्रो र शंकरकुमार शर्मा चौथो भए। उनीहरूले क्रमशः ३० हजार र २० हजार रुपैयाँ नगदसहित सम्मान प्राप्त गरे । पाँचौँ स्थानमा आयुषा आचार्य र कीरण निरौला संयुक्त रूपमा विजेता बने। दुवैले समान अंक प्राप्त गरेपछि पाँचौँ स्थानको १० हजार रुपैयाँ पुरस्कार बराबरी रूपमा बाँड्दै जनही ५ हजार रुपैयाँ प्राप्त गरेका हुन् । विजेताहरूलाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए। साथै उत्कृष्टभित्र पर्न सफल अन्य २० जना प्रतियोगीलाई पनि सान्त्वना पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवाल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय मोरङका उप–अनुसन्धान निर्देशक राजन शर्मा सापकोटालगायत सहभागी थिए। त्यस्तै उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष शुशिला पाठक, विराटनगरका कन्टेनक्रिएटरहरुको समेत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्