आवर विराटनगरले मनायो आफ्नो १५ औँ बार्षिक उत्सव (फोटो फिचर)

<span class='c1'>आवर विराटनगरले मनायो आफ्नो १५</span> <span class='c2'>औँ बार्षिक उत्सव (फोटो फिचर)</span>

विराटनगर । ओवी मिडियाद्धारा संचालित कोशी प्रदेशकै पहिलो डिजिटल सञ्चार माध्यम ‘आवर विराटनगर’ ले आफ्नो १५औँ वार्षिक उत्सव भव्य रुपमा सम्पन्न गरेको छ । आजभन्दा १५ बर्ष अगाडी असार १५ मा दही चिउरा खादै संचालनमा ल्याएको ओवी मिडियाले विराटनगरको हाटखोलास्थित बगैँचा रिसोर्टमा सोमबार साझ बार्षिक उत्सव मनाएको हो ।


ओवी मिडियाद्वारा आयोजित उक्त विशेष कार्यक्रम संस्थाका अध्यक्ष विवेक दाहालको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा आवर विराटनगरका सम्पादक नवराज कट्टेल तथा ओवी मिडियाका संस्थापक सञ्चालक सरोज कार्की सहित सञ्चालक समितिका पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष विवेक दाहाल, संस्थापक सञ्चालक सरोज कार्की, सञ्चालकहरू प्रेम देवान, सरोज लम्साल, जाकिर राजा, गोकुल कार्की र सम्पादक नवराज कट्टेलले संस्थाको उन्नति र प्रगतिमा निरन्तर योगदान पुर्याउने सम्पूर्ण कर्मचारीहरूलाई संयुक्त रूपमा मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो ।


संस्थामा आबद्ध भई एक वर्षभन्दा बढी समयदेखि निष्ठापूर्वक कार्य गर्दै आएका पुराना अनुभवी कर्मचारीहरू र हालै संस्थामा जोडिएर नयाँ ऊर्जा थपेका नयाँ कर्मचारीहरू सबैलाई सञ्चालकद्वारा मायाको चिनो हस्तान्तरण गरिएको थियो ।


ओवी मिडियाका अध्यक्ष विवेक दाहालले विराटनगर र कोशी प्रदेस मै आवर विराटनगरले बनाएको अग्रणी र बलियो साखको श्रेय सम्पूर्ण मिहिनेती कर्मचारी टोली, सम्पादकीय नेतृत्व र सञ्चालक समितिको सामूहिक प्रयासलाई जाने बताए । कार्यक्रममा बोल्दै उनले आगामी दिनमा अझ परिस्कृत र विश्वसनीय समाचार सम्प्रेषण गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे । बार्षिक उत्सव कार्यक्रममा संस्थामा आवद्ध सञ्चारकर्मी , प्राविधिक तथा अन्य कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो र कार्यक्रम निकै उल्लासमय वातावरणमा समापन भएको थियो । बार्षिक उत्सव कार्यक्रमको संचालन आवर विराटनगरकी न्यूज प्रिजेन्टर  अंकतिा निरौलाले संचालन गरेकी थिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्