पुजारीमाथि कुटपिट गर्दै लुटपाट, विराटनगरको खाकीबाबा मन्दिरमा फेरि सुरक्षा चुनौती

<span class='c1'>पुजारीमाथि कुटपिट गर्दै लुटपाट, विराटनगरको</span> <span class='c2'>खाकीबाबा मन्दिरमा फेरि सुरक्षा चुनौती</span>

विराटनगर । विराटनगर महानगरपालिका–१३ स्थित रामजानकी (खाकीबाबा) मन्दिरमा बस्दै आएका पुजारीमाथि कुटपिट तथा धारिलो हतियार देखाएर नगद, मोबाइल र महत्वपूर्ण कागजात लुटिएको छ। मंगलबार बिहान करिब २ः३० बजे चार जनाको अज्ञात समूह मन्दिर परिसरमा प्रवेश गरी भारतीय नागरिक तथा मन्दिरका पुजारी मनोज झामाथि आक्रमण गरेको पीडित पक्षले जनाएको छ ।

झाका अनुसार उनी शौचालय जान कोठाबाट बाहिर निस्किएका बेला ढुकेर बसेको समूहले उनलाई नियन्त्रणमा लिएको थियो। उनीसँग रहेको भारतीय २५ हजार रुपैयाँ, नेपाली १ हजार ७ सय रुपैयाँ, भारतीय राशन कार्ड, सवारी चालक अनुमति पत्र (लाइसेन्स) लगायतका महत्वपूर्ण कागजात लुटेर लगिएको उनले बताए ।
पीडितकी श्रीमती रञ्जु झाले घटनाको विवरण सुनाउँदै भनिन, ूशौचालय जान कोठाबाहिर निस्कनुपर्ने भएकाले म पनि श्रीमान्सँगै गएकी थिएँ। उहाँ शौचालयभित्र पस्नासाथ दुई जनाले मेरो मुख थुनिदिए। त्यसपछि अर्का एक जना कोठाभित्र पसेर झोलामा रहेको नगद लिएर भागे। श्रीमान् बाहिर निस्किएपछि उहाँलाई छुरा देखाउँदै होहल्ला गरे ज्यान मार्ने धम्की दिए र हामीसँग रहेका दुईवटा मोबाइलसमेत लुटेर लगे।

भारतीय नागरिक मनोज झा विगत दुई महिनादेखि श्रीमतीसहित सोही मन्दिर परिसरमा बस्दै आएका छन् । मन्दिर व्यवस्थापन समितिले उनीहरूलाई निःशुल्क आवास उपलब्ध गराए पनि शौचालय कोठाबाहिर रहेको कारण रातिको समयमा आवतजावत गर्नुपर्ने बाध्यताले अपराधीलाई मौका मिलेको स्थानीयको भनाइ छ । घटना भएको स्थान एकान्त र सुनसान भएकाले तत्काल कसैले थाहा पाउन सकेन। बिहान मन्दिर परिसरमा योग गर्न पुगेका स्थानीयले घटना थाहा पाएपछि मात्रै प्रहरी र सञ्चारकर्मीलाई खबर गरेका थिए। घटनापछि जतुवा प्रहरी चौकी र इलाका प्रहरी कार्यालय रानीको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र बनाएको जनाएको छ।

स्थानीयवासीका अनुसार मन्दिर परिसरमा सीसीटीभी क्यामेरा नहुँदा यसअघि पनि पटक–पटक चोरीका घटना हुँदै आएका छ । उनीहरूले लामो समयदेखि सीसीटीभी जडान गर्न आग्रह गरे पनि व्यवस्थापन समितिले बेवास्ता गरेको आरोप लगाएका छन्। घटनाबारे जानकारी लिन विराटनगर–१३ का वडा अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सूर्यलाल यादव घटनास्थल पुगेका थिए। उनले घटनाप्रति दुःख व्यक्त गर्दै मन्दिर परिसरमा छिट्टै सीसीटीभी क्यामेरा जडान गरिने बताए ।

यसअघि पनि सोही मन्दिरका पुजारीमाथि कुटपिट गर्दै दानपेटीमा रहेको रकम, मोबाइल र नगद लुटिएको घटना भएको थियो। लगातार दोहोरिँदै आएका यस्ता घटनाले मन्दिरको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको स्थानीयवासीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्