अभिषेक गिरीलाई थुनामुक्त गर्नुपर्ने माग गर्दै दायर रिट अदालतबाट खारेज

<span class='c1'>अभिषेक गिरीलाई थुनामुक्त गर्नुपर्ने माग</span> <span class='c2'>गर्दै दायर रिट अदालतबाट खारेज</span>

विराटनगर । मोरङ कारागार विराटनगरका कैदीबन्दीको भत्ता असुली गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहि अनुसन्धान भइरहेका अभिषेक गिरीलाई हिरासतमै राखेर अनुसन्धान हुने भएको छ । प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेका छाड्न माग गर्दै दायर भएको बन्दीप्रत्यक्षीकरण रिट उच्च अदालत अदालत विराटनगरले खारेज गरिदिएको हो ।

गिरी पत्नी सोनु आचार्यले उच्च अदालतमा रिट दायर गरेकी थिइन् । आचार्यले गिरीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङ र जिल्ला अदालत मोरङको आदेशविरुद्ध दायर गरेको रिटमा बुधबार उच्च अदालत विराटनगरमा उपस्थित गराएर थुनामा राख्ने कि छाड्ने भन्ने बहस भएको थियो ।

गिरीका तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत विराटनगरका न्यायाधीश गणेश ठाकुर र नारायणप्रसाद रेग्मीको इजलासले रिट खारेज गरिदिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्