विराटनगरमा मात्रै अभिषेक गिरीका दुई सय सिटी सफारी, सीमासँग जोडिएको कारोबारमा संलग्न

<span class='c1'>विराटनगरमा मात्रै अभिषेक गिरीका दुई सय</span> <span class='c2'>सिटी सफारी, सीमासँग जोडिएको कारोबारमा संलग्न</span>

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र मात्रै अभिषेक गिरीका दुईसय सिटी सफारी रहेको पाइएको छ । ट्राफिक व्यवस्थापनमा समस्या पारिरहेको सिटी सफारी व्यवस्थापनमा हालसम्म स्थानीय सरकार विराटनगर महानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयले लिने कुनैपनि निर्णय कार्यन्वयनमा उल्झन हुने गरेका छन् । जुन उल्झनको अग्रपंक्तिमा देखिने गिरी नै देखिन्थे । किनकी उनले सहरमा सिटी सफारीमार्फत आफ्नो अपराध सञ्जाल जोड्दै आएको देखिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका तत्कालिन प्रमुख सुमन न्यौपाने हुँदा कोशी राजमार्गको सडक खण्डमा सिटी सफारी चलाउन रोक लगाउने निर्णय गरेका थिए । २०८१ भदौ १४ गते सिटी सफारी चालक एकाएक बरगाछीमा भेला भएर त्यसको विरोधमा उत्रिए । सिटी सफारी चालकको आन्दोलनको समर्थनमा दुईजना व्यक्ति मिसिए । एकजना थिए, पारुल क्षेत्री अर्का अभिषेक गिरी ।
पारुल क्षेत्रीले सानो लगानीमा गरिखाइरहेका सिटी सफारीका चालकलाई निषेध गर्नुहुन्न भन्ने आवाज उठाएका थिए । उनले राजमार्गमा सिटी चल्न दिनुहुन्न भन्ने कँहि नलेखेको जिकीर गरेका थिए ।
तर, अभिषेक गिरीले भने आफ्नो सिटी साम्राज्य जोगाउन त्यहाँ पुगेका थिए । त्यहाँ पुग्दा उनको ठूलो हुलहुज्जत टोलि समेत त्यहाँ थियो । जसमा कटहरीका सन्जय मण्डलदेखि अभिषेक गिरीका अन्सारु (अन्सुल) मियासहित थिए । गिरीले सिटी सफारी चालकको पक्षमा आफू रहेको भन्दै तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई सडकबाट चेतावनी दिदैं रोक्नुपर्ने माग गरेका थिए । सिडीओले समेत गिरीले भनेको कुरालाई तत्काल कार्यन्वयन गरिदिए । यता जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज न्यौपाने आफ्नो कार्यक्षमतामा प्रश्न उठेको भन्दै दुःख पोखिरहन्थे ।

यो आन्दोलनको पृष्ठभूमिमा एकाएक अभिषेक गिरी किन पुगे ? भन्ने कुरा भने अहिले पुष्टि भएको छ । कारागारका कैदीबन्दीको भत्ता असुली आरोप लागेपछि उनलाई गत शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउपछि प्रशासनले तयार पारेको प्रोफाइलमा गिरीको नाममा दुईसय सिटी सफारी समेत देखिएको छ ।
गिरीले विराटनगरमा दुईसय वटा सिटी सफारी सञ्चालन गरेर पनि आफ्नो साम्राज्य स्थापीत गर्दै आएको पाइएको हो । त्यस बाहेक स्थानीय सरकारले गरेको सडक निषेध पार्किङको निर्णयदेखि भन्सारले गरेको एकसय रुपिँयासम्मको सामान मात्रै ल्याउन पाउने निर्णयसम्ममा अभिषेक गिरी समूहको अवरोध हुने गरेको थियो । गिरीका सिटी बजारमा चल्दा सीमा पारबाट हुने अवैध आयातदेखि लागुऔषधसम्म जोडिने गरेको आशंका छ । यद्यपी प्रहरीले यसलाई पुष्टि गर्ने आधारका लागि हालसम्म यस्ता गतिविधिमा संलग्न रहेका सिटी सफारीहरुको मालिक पत्ता लगाउन थालेको हो ।

सिटी सफारी राजमार्गमा गुड्न नदिने ट्राफिक प्रहरीको तयारीपछि चालकले गरेको आन्दोलनलाई तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भोलिपल्टकै वार्तामार्फत गाँठो फुकाइदिएका थिए । जसमा पुगेका थिए गिरीसहितको टोलि । जसरी बरगाछीमा गिरी आफ्नो समूहका सन्जय मण्डलसहितको ठूलो जमात लिएर पुगेका थिए, त्यसरी नै सिडीओमा समेत उनको रवाफ थियो ।
विराटनगर महानगरपालिकाभित्र ८ हजारभन्दा बढी सिटी सफारी गुड्ने गरेका छन्। अहिले समेत धेरै समस्या रहेको छ । तर, विराटनगर महानगरपालिका र स्थानीय प्रशासन समेतले यसको नियन्त्रण र व्यवस्थापन गर्न सकिरहेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्