लायन्स क्लब अफ विराटनगर एवानको अध्यक्षमा मुम्ताज राईन सर्वसम्मत चयन

<span class='c1'>लायन्स क्लब अफ विराटनगर एवानको</span> <span class='c2'>अध्यक्षमा मुम्ताज राईन सर्वसम्मत चयन</span>

विराटनगर । लायन्स क्लबको अध्यक्षमा युवा अभियन्ता लायन मुम्ताज राईन सर्वसम्मत चयन भएका छन्। लायन्स क्लब अफ विराटनगर एवानको सातौँ अधिवेशनबाट लायन्स वर्ष २०२६/२७ का लागि राईन सर्वसम्मत चयन भएका हुन्।

लामो समयदेखि नेतृत्व विकास, शिक्षण तथा समाजसेवाका क्षेत्रमा सक्रिय रहँदै आएका नवनिर्वाचित अध्यक्ष राईनले आफ्नो कार्यकालमा क्लबलाई थप गतिशील बनाउँदै लैजाने लक्ष्य लिएका छन्। राईनको नेतृत्वलाई सफल पार्न क्लबका सम्पूर्ण सदस्यहरूले पूर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

नवनिर्वाचित अध्यक्ष राईनले आफ्नो कार्यकालमा लायन्स क्लब इन्टरनेसनलले तोकेका योजना तथा कार्यक्रम अन्तर्गत रक्तदान, डायबेटिज, वातावरण, भोक निवारण, दृष्टि, र युथ जस्ता समाज एवं राष्ट्रका लागि सकारात्मक प्रभाव पार्ने विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता जनाएका छन्। राईनको नेतृत्वलाई सफल बनाउन क्लबका सम्पूर्ण सदस्यहरूले पूर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आफ्नो कार्यकालको पहिलो दिन नै क्लबले विराटनगरस्थित पूर्वाञ्चल ल क्याम्पसको प्राङ्गणमा वृक्षरोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको क्लबकी सचिव लायन रोशनी मास्केले जानकारी गराइन्। यसैबीच, नवनिर्वाचित अध्यक्ष राईन तथा नयाँ कार्यसमितिका पदाधिकारीहरूलाई विभिन्न सामाजिक संघसंस्था, शुभेच्छुक एवं प्रतिष्ठित व्यक्तित्वहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्