झापाका दुई डिएसपीको मोवाइल गृहमन्त्रीको नियन्त्रणमा,११ प्रहरी अनुसन्धानको दायरामा

<span class='c1'>झापाका दुई डिएसपीको मोवाइल गृहमन्त्रीको</span> <span class='c2'>नियन्त्रणमा,११ प्रहरी अनुसन्धानको दायरामा</span>

विराटनगर । । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा नाका र भन्सार कार्यालयको निरीक्षणका क्रममा तस्करी भइरहेको भन्दै एक स्थानीय महिलाले प्रत्यक्ष गुनासो गरेपछि सीमा क्षेत्रमा कार्यरत प्रहरीमाथि व्यापक अनुसन्धान सुरु गरिएको छ।

प्रहरी स्रोतका अनुसार इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी निशेष चापागाईं र बोर्डर आउट पोस्ट बिओपी काँकडभिट्टाका डीएसपी विकास थापासहित ११ जना प्रहरी अनुसन्धानको दायरामा परेका छन्। अनुसन्धानका क्रममा उनीहरूको मोबाइल नियन्त्रणमा लिएर आवश्यक छानबिन अघि बढाइएको छ।

अनुसन्धानमा नेपाल प्रहरीका ५ जना र सशस्त्र प्रहरी बलका ६ जना गरी ११ जना प्रहरी कर्मचारी परेका छन्। उनीहरूमाथि झापाका विभिन्न सीमा नाकाबाट हुने तस्करीमा संलग्न गिरोहसँग मिलेमतो गरी अवैध गतिविधिलाई संरक्षण दिएको आरोपमा छानबिन भइरहेको जनाइएको छ।

अनुसन्धानको दायरामा परेकामध्ये केही सादा पोशाकमा खटिने प्रहरीसमेत रहेका छन्। उनीहरूलाई मुख्यालयमा तानेर बयान तथा अन्य प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

यसअघि पनि सशस्त्र प्रहरी बल मुख्यालयले झापामा कार्यरत तीन जना सशस्त्र प्रहरीका घुमुवालाई काठमाडौं बोलाएर छानबिन सुरु गरिसकेको थियो। उनीहरूमाथि सीमा क्षेत्रमा सक्रिय तस्करी समूहसँग साँठगाँठ गरी अवैध असुली गरेको आरोप लागेको छ।

कोशी प्रदेशका विभिन्न सीमा नाकामा तस्करी नियन्त्रणका नाममा हुने अनियमितता र प्रहरी–तस्कर मिलेमतोबारे लगातार गुनासा आएपछि सुरक्षा निकायले आन्तरिक अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्