विराटनगरमा १६औँ सेप इन्डिया एजुकेसन फेयर हुदै

<span class='c1'>विराटनगरमा १६औँ सेप इन्डिया</span> <span class='c2'>एजुकेसन फेयर हुदै</span>

भारतमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै विराटनगरमा १६औँ सेप इन्डिया एजुकेसन फेयर आयोजना हुने भएको छ।

क्षेत्रकै पुरानो र विश्वसनीय शैक्षिक मेलाका रूपमा परिचित यस फेयरमा राष्ट्रिय मूल्यांकन तथा प्रत्यायन परिषद् (न्याक) बाट ए र ए प्लस मान्यता प्राप्त तथा राष्ट्रिय संस्थागत श्रेणीकरण संरचना (एनआईआरएफ) मा उत्कृष्ट स्थान हासिल गरेका ३० भन्दा बढी भारतीय शैक्षिक संस्थाहरू सहभागी हुनेछन्।

मेलामा विद्यार्थीहरूले भारतका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष भेट गरी अध्ययनका अवसर, विभिन्न शैक्षिक कार्यक्रम, छात्रवृत्ति र भविष्यका करियर सम्भावनाबारे जानकारी लिन सक्नेछन्।

आगामी सोमबार, १३ जुलाई २०२६ का दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म विराटनगरको नमस्कार रेजेन्सी, ट्राफिक चोकमा शैक्षिक मेला आयोजना हुनेछ।

फेयरमा सहभागी विद्यार्थीका लागि विशेष अफरसमेत राखिएको छ। मेलामा उपलब्ध कुपन साटेर विद्यार्थीहरूले सेन्ट्रल मल्टिप्लेक्समा निःशुल्क चलचित्र टिकट प्राप्त गर्न सक्नेछन्।

आयोजकका अनुसार सेप इन्डिया एजुकेसन फेयरले विद्यार्थीलाई भारतका उत्कृष्ट शैक्षिक संस्थाबारे प्रत्यक्ष जानकारी लिन, आफ्नो रुचि र क्षमताअनुसार सही अध्ययन गन्तव्य छनोट गर्न तथा करियर योजना बनाउन सहयोग पुर्‍याउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्