अवैध कारोबार आशंकामा विराटनगरका अकबर अलीको सामान चारदिन यता भन्सारमा

<span class='c1'>अवैध कारोबार आशंकामा विराटनगरका अकबर</span> <span class='c2'>अलीको सामान चारदिन यता भन्सारमा</span>

विराटनगर । भन्सार जाँचपास गराएर बाहिर निस्केको गाडी चारदिन अगाडी विराटनगरमा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट रानीले नियन्त्रणमा लियो । बीआर ०१६ए३३४७ नम्बरको भारतीय सवारीमा प्रज्ञापनपत्रमा उल्लेख गरे भन्दा बाहेकको सामान समेत रहेको सूचनाका आधारमा नियन्त्रणमा लिइयो ।

गाडीमा चस्मा र कपडा भएपनि प्रज्ञापनपत्रमा भने एउटा मात्रै मालवस्तु उल्लेख गरेर जाँचपास भएको सूचना पाएपछि नियन्त्रणमा लिइएको गाडी भन्सारमै बुझाइयो । तर, सूचना सार्वजानिक भएको थिएन ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी विमलदेव साहका अनुसार अहिले पनि गाडी भन्सारकै नियन्त्रणमा रहेको छ । भन्सारमा एजेन्टको प्रतिनिधि समेत रहेका विराटनगरका अकबर अलीको सामान उनले आफैं भन्सार एजेन्ट नम्बर २९२ रहेको भरत भट्टराईको क्लियरिङ्ग फमबाट क्लिरेन्स गराएका थिए ।

अली बारम्बार विवादमा आइरहने व्यक्ति हुन् । यो कुरा उनी आफैं स्वीकार गर्दछन् । उनीसँगको कुराकानीमा भने–कपडा र चस्मा मात्रै किन बन्दुक पनि थियो, त्यो पनि लेखिदिनु । उनले आफ्नो गाडी भोलिपल्टै भन्सारले छोडिदिएको दावी गर्दै समाचार नै नहुने र कसैले पढ्दा पनि नपढ्ने समाचार हुनेसम्म भने । तर, भन्सारका अधिकृत साहले भने गाडी नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको भएपनि प्रतिवेदन नआएको बताए ।

यता भन्सार जाँचपासमा मिलेमतो भएको आशंका बढ्दो छ । विराटनगर भन्सार कार्यालयले यस बारेको आधिकारिक सूचना अनुसन्धान सकाएपछि जारी गर्ने बताएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालिनी गण हेडक्वाटर टंकीका प्रहरी उपरीक्षक गेहेन्द्र भण्डारीका अनुसार जाँचपासमा त्रुटी गराएको भन्ने सूचनाका आधारमा गाडी नियन्त्रणमा लिएर भन्सार बुझाइएको बताउँछन् । उनका अनुसार अलीको सामान रहेको उक्त मालवहाकमा प्रज्ञापनपत्रमा उल्लेख गरेभन्दा बाहिरको समेत मालवस्तु थियो, त्यसको भन्सार छलेको आशंका गरिएको हो ।

यता अलीले भने दोस्रो पटक फोन गरेर आफ्नो कुनै कमजोरी नभएको बताउँदै भन्सार, सशस्त्र र जनपथ प्रहरीसम्मले गाडीको सामान हेरिसकेको दावी गरेका छन् । उनले समाचार नलेखिदिन आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्