विराटनगर भन्सारमा बन्दैछ ‘भेहिकल डिस्इन्फेक्सन गेट’

<span class='c1'>विराटनगर भन्सारमा बन्दैछ</span> <span class='c2'>‘भेहिकल डिस्इन्फेक्सन गेट’</span>

विराटनगर । एकिकृत जाँचचौकी (आईसिपी) विराटनगरमा कार्गो कन्टेनर बोकेर आएका मालवहाक सवारीलाई निर्मलीकरणपछि मात्रै प्रवेश गराइने भएको छ । भन्सार जाँचपासका लागि भारत तथा तेस्रो मुलुकबाट आएका कन्टेनर सवारीमा राखेर ल्याइन्छ । यसमा संक्रमण हुनसक्ने संभावना हुन्छ ।

आईसिपीमा अहिले यसका लागि ‘भेहिकल डिस्इन्फेक्सन गेट’ स्थापना भइरहेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर जीवन ढकालका अनुसार यो खासगरी कन्टेनर बोकेर भन्सार जाँचपास गराउन आउने मालवहाकका लागि अनिवार्य हुनेछ ।
अन्तराष्ट्रिय व्यापार तथा स्वास्थ्य मापदण्ड अनुसार खाद्य वस्तु, वनस्पति र पशुजन्य उत्पादन बोकेका मालबाहक सवारीहरुमा ढुवानीका क्रममा संक्रामक जीवाणु नफैलियोस भन्ने उद्देश्यले निर्मलीकरण गरिन्छ । तर, यसलाई महामारी वा संक्रामक रोग तथा किराको जोखिम भएका बखत मात्रै अस्थायी रुपमा प्रयोगमा ल्याउने गरिएको थियो ।

इन्जिनियर ढकालका अनुसार आईसिपी परिसरमा निर्माणाधीन चरणमा रहेको भेहिकल डिस्इन्फक्सेन गेटमा मालवहाक सवारी प्रवेश गर्दा बाहिरी भाग, चक्का र क्याबिन क्षेत्रलाई निर्मलकरण गर्नेछ । यो अटोमेटिक सिस्टमबाट हुने निर्मलीकरणको संरचनाको काम अन्तिम चरणमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्